Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

प्रदर्शनकाे बिषयलाई लिएर भिस्वामा दुई पक्ष बिच झडप, ९ जना घाइते

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा बिहिबार दुई पक्ष बिच झडप भएकाे छ । बुधबार सांझ भिस्वामा भएकाे प्रदर्शनकाे बिषयलाई लिएर वडाध्यक्ष माैजिलाल साह कानु र रंजित साह पक्ष बिच झडप भएकाे प्रहरीले जनाएकाे छ ।

झडपमा मौजिलाल पक्षकाे उदय साह, बिकी साह, दिपक साह, बिर्जभुसन साह र रंजित साह पक्षकाे बिटु साह, अजित साह, अजय साह, बिरेन्दर साह, बलिराम साह घाइते भएका छन् ।

घाइतेहरुकाे वीरगंजस्थित नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

बुधबार सशस्त्र प्रहरीले घाइते मध्येका बिरेन्द्र साहका छाेरा अजय साह सहितका २ युवकलाई कुटपिट गरेकाे थियाे । साेही कुटपिटकाे विरुद्धमा स्थानिय युवाहरु बुधबार सांझ नै टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकाे क्रममा युवाहरु गाउँपालिका अध्यक्ष मनाेज गुप्ता मुर्दाबादकाे  नारा पनि लगाएका थिए ।

साेही बिषयलाई लिएर वडाध्यक्ष माैजिलाल पक्ष र प्रदर्शन गर्ने युवाहरु बिच बुधबार सांझ पनि विवाद भएकाे थियाे । वडाध्यक्ष पक्षले जनप्रतिनिधि विरुद्ध किन नारा लगाएकाे भन्दै विवाद गरेका थिए । तर साे समय विवाद सुल्झे पनि बिहिबार विहान साेही बिषयलाई लिएर रंजित साह र बिरेन्द्र साह बाटाे भएर गइरहेकाे अवस्थामा माैजिलाल पक्षले आक्रमण गर्दा झडप भएकाे स्थानियहरुले वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...