Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

फेटाकाे छेठाैं गाउँ सभा सम्पन्न, ३३ करोड ४५ लाख बराबरकाे बजेट प्रस्तुत

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिकाकाे छैठाैं गाउँ सभा बुधबार सम्पन्न भएकाे छ । गाउँ सभाबाट पारित निति तथा कार्यक्रम गाउँपालिकाकाकी उपाध्यक्ष कमरुण खातुनले प्रस्तुत गरिन ।

उनले निति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यय तर्फ अगामी आर्थिक बर्ष २०७७/०७८ का निति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ३३ करोड ४५ लाख विनियोजन अनुमान गरेको वताइन । कुल विनियोजन मध्ये चालु तर्फ रु.१० करोड, सशर्त तर्फको चालु खर्च रु.११ करोड ३० लाख, पुँजिगत तर्फ ८ करोड २४ लाख र वितिय व्यवस्था, समाजिक सुरक्षा (शसर्त तर्फ) तर्फ रु. २५ लाख ६८ हजार रहेको वताइन।

आय तर्फ अगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च श्रोत व्यवस्थापन गर्न संघिय तथा प्रदेश सरकारको वितिय समानिकरण अनुदानवाट ११ करोड ०५ लाख ४४ हजार, सशर्त तर्फ अनुदान संघिय तथा प्रदेशकाे रु. १४ करोड ६५ लाख,  संघिय तथा प्रदेश सरकारको राजश्व बाँडफाँडवाट ६ करोड ४० लाख २४ हजार र नपुग हुने रकम रु.१ करोड १० लाख आन्तरीक श्रोतवाट आय हुने अनुमान गरेको जनाइन ।

अगामी आर्थिक बर्षमा मुख्य मुख्य क्रियाकलाप अन्तर्गत गाउँपालिकाको भवन निर्माण कार्य निरन्तरको लागि रु.१ करोड, निर्माणाधिन वडा भवनको लागि रु. ६५ लाख, वडा स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु.३ करोड ७५ लाख, गाउँपालिका स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु.२ करोड ५० लाख, गाउँपालिकाका भरि रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, पुर्वाधार निर्माण, शैक्षिक समाग्री खरिद अनुदानको लागि रु.१ करोड विनियोजन गरिएकाे छ ।

यस्तै गाउँपालिका भित्र रहेको स्वास्थ्य चौकिवाट प्रदान गरिने Curative, Preventive, Promotive र Rehabilative स्वास्थ्य सेवा निरन्तर प्रदान गर्न तथा स्वास्थ्य चौकिहरुको भौतिक पुर्वाधार निर्माण गर्न, निशुल्क औषधी वितरण कार्यको लागि रु.९० लाख विनियोजन गरिएकाे छ ।

यस्तै गाउँ सभाद्वारा कृषि प्रसार कार्यक्रमको लागि रु.७० लाख विनियोजन, पशु सेवा कार्यक्रम सञ्चालन तथा कार्यान्वयनका लागि रु. ५० लाख, महिला, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, पिछडीएको क्षेत्र, दलित, माहादलित, मुस्लिम समुदाय लगायतको जिवनस्तर उकास्नको लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्न रु.७५ लाख विनियाेजन गरिएकाे प्रमुख   भोजपुरी भाषा साहित्य प्रवर्धन, धर्म सँस्कृती संरक्षण एवम् समर्धनका लागी आवश्यक बजेट विनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।

सभाले गाउँपालिकावाट प्रदान गरिने सेवाहरु अक्ष चुस्त, दुरुस्त तरिकाले प्रदान गर्न र प्रविधि मैत्रि सेवा उपलब्ध गराउन, अध्यक्ष उपाध्यक्ष जिवन रक्षा कार्यक्रमको लागि रक्तदान कार्यक्रम सञ्चालन गर्न, तृतिय अध्यक्ष कप र प्रथम उपाध्यक्ष महिला भलिवल र कपडी कार्यक्रम सञ्चालन गर्न, जनतासँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्न, काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि आवश्यक बजेट र अध्यक्ष स्वच्छता अभियान सञ्चालन गर्न आवश्यक वजेट समेत विनियोजन गरेकाे छ ।

गाउँपालिका अध्यक्ष अमिरिलाल प्रसादकाे अध्यक्षतामा भएकाे सभामा गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...