Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्याे

spot_img
spot_img

वीरगंज । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

थपिएका नयाँ संक्रमित कैलालीका १०३ जना, झापाका ११ जना, सुनसरीका १ जना, मोरङका १ जना, सप्तरीका ६ जना, धनुषाका २० जना, महोत्तरीका १२ जना, सर्लाहीका १ जना, वैतडीका ४ जना, बाजुराका ७ जना, डोटीका ४८ जना, कैलालीका ४८ जना, कञ्चनपुरका ८६ जना, पर्वतका २ जना, रौतहटका ४४ जना, सर्लाहीका २० जना, धादिङका २ जना,  काठमाडौंका १ जना, चितवनका १ जना रहेका छन् ।

यस्तै तनहुँका १ जना, स्याङ्जाका ७ जना, नवलपरासी पूर्वका ५ जना, पाल्पाका १५ जना, भक्तपुरका १ जना, अछामका २३ जना, गोरखाका ३ जना, कास्कीका ४ जना, बागलुङका ९ जना, कास्कीका ५ जना, लमजुङका ५ जना, पर्वतका १ जना, गुल्मीका ५ कपिलवस्तुका १ जना, रुपन्देहीका १ जना, बाँकेका ९ जना, बर्दियाका १ जना, दाङका ७६ जना, प्यूठानका १० जना, जाजरकोटका १ जना, सुर्खेतका १४ जना, दैलेखका ४ जना, कालिकोटका १ जना र बाजुराका १ जनामा पनि संक्रमण देखिएकाे छ ।

यस्तै २४ घन्टामा १ सय १४ जना डिस्‍चार्ज भएका छन् ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...