Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मधेशको संस्कृतिमाथि प्रहार गर्न खोजिए सदन र सडक दुबै अवरुद्ध हुन्छ : सांसद यादव

spot_img
spot_img

वीरगंज । भारतबाट बिहे गरेर आउने चेलीहरुलाई सात वर्षपछि मात्र बैबाहिक अंगीकृत नागरिकता दिने निर्णयले मधेशमा फेरी ठुलो प्रहार भएको सांसद प्रदिप यादवले वताएका छन् ।

मंगलबार प्रतिनीधी सभा सदनमा बोल्दै सांसद यादवले नेपाल र भारत निर्माण हुनुभन्दा पहिल्यै देखीको मधेशसंग भारतको युपी, बिहार लगायतको ठाउँमा परिवारिक, धार्मिक र संस्कृति सम्बन्ध रहेकोले नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयले युगौं युगौंदेखि चल्दै आएको सम्बन्धमाथि ठुलो प्रहार भएको आरोप लगाएका हुन ।

सभामुख मार्फत राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्दै उनले अहिले पनि समय छ, निर्णय सचियाईयोस्, नेकपाको वर्तमान सरकारले मधेशमाथि प्रहार गरी मधेशका जग्गा चाँही नेपालको हो तर मधेशमा बस्ने मधेशी चाही भारतीय हो जस्तो व्यवहार गरिरहेको आरोप लगााए ।

हामी तराई, पहाड र हिमाललाई समेटेर एकताको सन्देश दिन लागेपनि नेकपाले मधेशमाथि प्रहार गरिरहेकोले एकता पनि अनेकता भईरहेको सांसद यादवको भनाई छ । उनले भने,‘हामी रहुँ या नरहुँ मधेशको मुद्दा रही रहन्छ, कसैको च्यापेर वा मारेर मर्न सक्दैन, मुद्दा रही हरन्छ ।’’

बिहे भएको एक वर्षमै बच्चा जन्मिने बताउँदै सांसद यादवले भने, ‘‘ बिना नागरिकताको एउटा सिम कार्ड पनि निकाल्न सकिदैन, बैंकमा खाता खोल्न पाईदैन, लोक सेवा आयोगकाे फरम पनि भर्न सकिदैन र अबको आउने दिनमा त बिना नागरिकताले पानी पनि नपाउँने भएकोले भारतीय चेली नेपालमा बिहे गरेर आएपछि के गर्छ सभामुख महोदय ?’’ एक जना भन्छ एक हातमा सेन्दुर अनि एक हातमा नागरिकता, यस्तो पनि कही हुन्छ सभामुख महोदय भन्दै सांसद यादवले व्यङ्ग आक्रोस पोखे ।

मधेशको महिला एकचोटी सेन्दुर लगाएपछि आफ्नो पतिलाई परमेश्वर ठान्छ । सेन्दुर लगाएदेखी नै त्यो महिलाको सारा संसार नै पति रहेको हाम्रो संस्कृति रहेकोले मधेशको संस्कृतिमाथि प्रहार गर्न नेकपा र राज्य व्यवस्था तथा सुशासन समितिले ल्याएको नागरिकता संशोधन विधेक जबरजस्ती लाद्न खोजिए सदन र सडक दुबै अवरोध हुने सांसद यादवले चेतावनी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...