Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा २ महिला सहित २३ जनाले रक्तदान गरेका छन् ।

आयाेजक संस्थाकाे प्रधान कार्यालयकाे प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहले रक्तदान गरी गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख प्रशासकिय अधिकृत साहले सहर केन्द्रित हुने रक्तदान कार्यक्रमहरु संस्थाले ग्रामिण भेगमा आयाेजना गरेकाेमा प्रसंसा समेत गरे ।

उनले अझै पनि ग्रामिण भेगमा रक्तदान गर्न मानिसहरु डराउने गरेकाले ग्रामिण भेगमा आयाेजना हुने रक्तदान कार्यक्रमले रक्तदाताहरुकाे संख्यामा वृद्धि हुने वताए ।

क्लबका अध्यक्ष छठु साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सुनिल कुमार राैनियार, ताजिन्द्र साह कलवार, सहरुम हवारी, जयप्रकाश चाैरसिया, संजित कुमार चाैरसिया, आकाश चाैरसिया, भुषण साह तेली, रामबिर चाैरसिया, सुदिल प्रसाद कुमार, पप्पु पटेल, सदाम हुसेन, ओमप्रकाश साह, मुन्ना कुमार सुमन, भेष साह, लक्षमण साह, प्रभाकर साह, कुन्ती देवी, सिमा देवी, जितेन्द्र महरा, अजय यादव, प्रमाेद प्रसाद यादवले रक्तदान गरेकाे आयाेजक संस्थाका सदस्य शम्भु कुमार सुमनले वताए ।

संस्थाले प्रत्येक बर्ष झै यस बर्ष पनि ११ औं पटक रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे सदस्य सुमनले जनाए । काेराेना महामारीकाे समयमा रक्त अभाव हुन नदिन ग्रमीकाे मसाैममा पनि संस्थाले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे सुमनकाे जानकारी गराए ।

नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजकी दिल्ली माया घिमिरे नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका...

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...