Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महानगरले खरिद गरेको पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण

spot_img
spot_img

वीरगंज । वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ संस्थाहरुको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेशिन शनिबार नारायणी अस्पताललाई हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाद्वारा खरिद गरिएको पीसीआर मेशिन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायलाई हस्तान्तरण गर्नुभयो ।

पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि तीन तहको सरकारबीच समन्वय अभाव देखिएको बताउनुभयो । उहाँले प्रदेश सरकारको तर्फबाट व्यावस्थापनका लागि आर्थिक सहयोगको कुनै कामी नगरेकाे दावी गर्दै संघ सरकारले कोरोना महामारी व्यवस्थापनमा केही पनि सहयोग नगरेको आरोप लगाउनुभयो ।

उहाँले अन्यप्रदेशले भन्दा बढी कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले खर्च गरेको पनि दावी गर्नुभयो ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस नेपालमा विस्तारै ७७ जिल्लामा पुग्ने अवस्था रहेकोले वीरगन्ज देशको मुख्य प्रवेशद्वार र आर्थिक गतिविधि हुने स्थान भएकोले पनि अझैपनि जोखिम कायम रहेको बताउनुभयो ।

उहाँले त्यहि जोखिम कम गर्नका लागि पीसीआर मेशिनको आवश्यकता महशुस गरेर नै महानगरपालिकाले सहयोग आह्वान गरेपछि उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाहरुको सहयोगमा पीसीआर खरिद गर्न सफल भएको बताउनुभयो ।

उहाँले पीसीआर मेशिन जडान पछि एकघरबाट एकजनाको परीक्षण गर्ने यसले समुदायमा कोरोना फैलिनबाट रोक्ने भएपछि पर्सा जिल्लालाई नै कोरोनामुक्त हुने बताउनुभयो ।

महानगरपालिकाका मेयर सरावगीले मेशिन खरिदका लागि उद्योगी व्यवसायीले मात्रै सहयोग गरेको नभई अन्य संघ संस्था र व्यक्तिहरुले पनि सहयोग गरेकोले उद्योगी व्यवसायीहरुले मात्रै सहयोग गरेको भन्ने भ्रममा नपर्न आग्रह गर्दै पीसीआर मेशिन खरिदमा विशेष उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले वीरगन्ज महानगरपालिकासँग उद्योगी व्यवसायीहरुले मेशिन खरिदका लागि मात्रै खर्च गर्ने सम्झौता गरेको स्पष्ट पार्नुभयो । उहाँले अन्य दाताहरुले दिएको सहयोगले भने भिटिएम कीट, आईलोलेशन व्यावस्थापन लगायतका अन्य व्यावस्थापनमा लगाईने बताउनुभयो ।

महानगरपालिकाका मेयर सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्याय लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पटेल, वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष श्याम बञ्जरा लगायत मेशिन खरिद गर्न सहयोग गर्ने उद्यापतिहरुको पनि उपस्थिसित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...