Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश सांसद कलवारकाे संसदिय विकासकाे निर्माण कार्यमा अनियमितता

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ झलमहियामा प्रदेश सरकारकाे सांसदिय विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेकाे नाला तथा सडक ढलानमा मापदण्ड विपरित काम राेकिएकाे छैन् ।

प्रदेश सांसद सिंघासन साह कलवारकाे सांसदिय बिकास कार्यक्रम अन्तर्गत रु ५० लाखकाे लागतमा निर्माण भइरहेकाे नाला तथा सडक ढलानमा अनियमितता भइरहेकाे स्थानियहरुले वताएका छन् ।

उपभाेक्ता समितिमार्फत भइरहेकाे नाला निर्माण कार्यमा दुई नम्बर सम्मकाे इटा प्रयाेग भएकाे थियाे ।

दुई नम्बर इट्टा प्रयाेग भइरहेकाे गुनासाे भाैतिक पूर्वधार विकास कार्यालय सम्म पुगेपछि त्याे राेकिए पनि छरहरु इस्टिमेट विपरित फराकिलाे बान्धनु र सिमिन्टकाे कम प्रयाेग राेकिएकाे छैन् ।

बिना हाेडिङ्ग बाेर्ड जडानकाे मापदण्ड विपरित भइरहेकाे कामकाे इस्टिमेट देखाउन स्थानियहरुले माग गर्दा समेत उपभाेक्ता समितिले देखाएका छैनन् ।

दुई नम्बर इट्टा प्रयाेगकाे गुुनाेसाे म कहाँ आए पछि मैले स्वयं अनुगमन गरेकाे पूर्वाधार विकास कार्यालयका इन्जिनियर विकास मिश्राले वताए । अहिले स्टिमेट अनुसार नै काम भइरहेकाे दाबी इन्जिनिय मिश्राले गरे ।

उनका अनुसार ६-६ इन्चमा छर बान्धनु पर्ने इस्टिमेट भए पनि एक/एक फिटमा बांधिएकाे स्थानियहरुले वताएका छन् ।

२३६-२३६ मिटर दुबै साइडमा नाला निर्माण र दुई सय ३६ मिटर सडक ढलानकाे याेजना रहेकाे छ ।

यस्तै प्रदेश सांसद कलवार कै संसदिय विकास कार्यक्रम अन्तर्गत छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वास्थित शिव मन्दिरमा भइरहेकाे काम पनि मापदण्ड विपरित भइरहेकाे छ ।

उपधाेक्ता समिति मार्फत नै ९ लाखकाे याेजना अन्तर्गत भइरहेकाे कामकाे इस्टिमेट माग्दा पनि उपलब्ध नगराइएकाे र सिमेन्ट मापदण्ड विपरित प्रयाेग भइरहेकाे स्थानियहरुकाे गुनासाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...