Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

बिन्दवासिनीमा सृंखलाबद्ध रुप मै भ्रम छर्ने काम भयाे : उपाध्यक्ष गुप्ता

spot_img
spot_img

बीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकालाई एकपछि अर्को गरि सृंखलाबद्ध रुपमा हुन लागेको भ्रमको खेती यथार्थ भन्दा अलग रहेको उपाध्याक्ष किरण देबि गुप्ताले बताउनुभएको छ ।

उहाँका अनुसार परिषदले नै बिकास निर्माण तथा जनताको समस्याको समाधान गर्नको लागि आवत जावत गर्नको लागि उपलब्ध गराएको गाडिको बारेमा समेत अनेक खालको भ्रम सृजना गर्ने गरेको दुखेसो समेत गर्नुहुँदै ट्रुल एवं ट्राभल एजेन्सीले प्रकृया पुरा गरेर उपलब्ध गराएको गाडी आफुले चढेको र त्यसको भाडा समेत एजेन्सीले नै बुझ्ने गरेको सत्यलाई ओझेलमा पार्नको लागि अनेका खालको भ्रम सृजना गरि बदनाम गर्न केही तत्व लागिपरेको गुनासो गर्नु भयाे ।

उहाँले विश्व नै कोरोना भाइरसका कारण आक्रान्त बनेको र लक डाउनको अवस्थामा रहेको बेला पालिकाले आवश्यक सूचना उपलब्ध गराएन भनेर भन्नु आफूैंमा न्यायोचित नहुने बताउनुहुँदै अव कार्यालय खुल्न थालेको र आवश्य सूचना जस्ले मागे पनि प्रकृया पुरा गरेर आएमा कसैले पनि रोक्न नसक्ने समेत बताउनुभयो ।

उहाँले बिकास निर्माणमा समेत अनावश्यक भ्रम सृजना गरेको हुनाले सबै कुराको आरोप लगायउनु भन्दा पहिला सत्यको खोजी गर्नुपर्ने बताउनुहुँदै कहां कहां के के बिकास निर्माणका योजना शुरु छन र त्यसको प्रकृया पुगेको छ कि छैन भनेर समेत बुझिदिएको भए सबै प्रकारको भ्रम अन्त्य हुन्थ्यो तर त्यस नगर्दा आरोप लगाउनेहरुको प्रतिष्ठामा समते प्रश्नचिन्ह खडा हुने बताउनुभयो ।

संचाकर्मी संग कुरा गर्दै उपाध्यक्ष गुप्ताले धर्मशाला निर्माणमा समेत अतिरन्जीत कुरा गरेर गाउँका बासिन्दालाई भ्रमित बनाउन खोज्नु, रोक्का रहेको धर्मशाला निर्माणलाई शुरु गर्नको लागि सबै पक्षसंग सहमतिको प्रयास गर्ने प्रमुख प्रशासकिय अधिकृत र अन्य जनप्रतिनिधीलाई समेत अनेक खालको आरोप लगाउनु खोज्नु न्यायोचित नहुने समेत बताउनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबिनीसहित पर्साका अधिकांश पालिकामा जनप्रतिनिधिबीच विवाद, नीति तथा कार्यक्रम अन्योलमा

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादका कारण आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्योलमा परेको छ । सोमबार नीति तथा कार्यक्रम...

मधेस प्रदेशको बजेट ४१ अर्ब १३ करोड, युवा रोजगारीदेखि ‘हेलो सीएम’सम्मका नयाँ कार्यक्रम घोषणा

वीरगंज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका...

चार मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पकहाँ मैनपुरका राजेश सहनी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएका...