Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७ हजार ८४८ पुग्याे

spot_img
spot_img

वीरगंज । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित ६ सय ७१ थपिएसँगै कूल संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुगेको जानकारी दिए ।

उनका अनुसार रौतहटका ३४, सर्लाहीका २, झापाका २, मोरङका १, अछामका ४४, बैतडीका २५, बाजुराका ४१, भक्तपुरका ३, डडेलधुराका ८४, कैलालीका ४२, कपिलवस्तुका १७, काठमाडौंका २, नुवाकोटका २, रुपन्देहीका १२, सिन्धुपाल्चोकका १, ललितपुरका १, नवलपरासी पश्चिमका २, महोत्तरीका १, सिन्धुलीका १, पर्वतका ५ जनामा संक्रमण फेला परेकाे हाे ।

यस्तै संक्रमित फेला पर्नेमा चितवनका १, नवलपरासी पूर्वका ३१, धनुषाका २९, बागलुङका १, मनाङका १, स्याङ्जाका ९, पर्वतका ४, तनहुँका १५, गोरखाका ११, गुल्मीका ३, पाल्पाका ६, रोल्पाका १, अर्घाखाँचीका ९७, बाँकेका ३, बर्दियाका ३, दैलेखका ८७, दाङका ४, सुर्खेतका ३४, बझाङका २, कञ्चनपुरका २, डोटीका ५ जना रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...