Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

अनेरास्ववियुद्वारा गाउँपालिका कार्यालय अगाडी प्रदर्शन

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनि गाउँ कार्यपालिका कार्यालय अगाडी बुधबार अनेरास्ववियूका विद्यार्थी नेताहरुले बिरोधमा प्रदर्शन गरेका छन् ।

सतारुढ दल नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु आवद्ध बिन्दवासिनिका नेता कार्यकर्ताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेको हुन् । अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरावही गरेको भन्दै बिरोध प्रदर्शन गरिएकाे हाे ।

काेरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही गर्दै अब्यवस्थित क्वारेन्टाईन, स्वास्थ्य सामाग्रीको अभाव, जनतालाई सास्ती लगायतका बाब्जुद जनप्रतिनिधिहरुको बिलासीमा रमाईरहेको भन्दै विद्यार्थि नेताहरुले दवावस्वरुप ध्यानआकर्षण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु यस्तो विषम परिस्थितीमा पनि बिलासितामा रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको अनेरास्ववियूकाे आराेप छ ।

अनेरास्ववियुका विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पार्दर्शि गर, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद लगायतका नाराअंकित प्ले कार्ड सहित नाराबाजि गरेका थिए । बिराेध प्रदर्शनकाे क्रममा विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १ हप्ते अल्टिमेटम समेत दिएको बिराेध प्रदर्शनमा सहभागि अनेरास्ववियूका नेता कल्सरिफ गद्दीले वताए ।

साथै एक हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि उनले जानकारी गराए ।

बिराेध प्रदर्शनमा अकलेश साह, सुधिर कुमार पण्डित, रामबाबु मण्डल लगायत दर्जनाैं विद्यार्थि नेताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...