Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

रौटहटका १२७ सहित अहिले सम्म कै उच्च ५८६ जना संक्रमित थपिए

spot_img
spot_img

वीरगंज । पछिल्लो २४ घन्टामा बुधबार थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे एकैदिन हालसम्म थपिएकाे कोरोना संक्रमितकाे उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले थप ५ सय ८६ जनामा काेराेना संक्रमण फेला परेसंगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेकाे जनाए ।

संक्रमित हुनेमा बाराका ७, रौटहटका १२७, सर्लाहीका ६, सिरहाका १, उदयपुरका ४,  मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, कपिलवस्तुका १०, रुपन्देहीका ७, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ९ जना डिस्चार्ज भएका छन् । महेन्द्र गेनाइ अस्पताल सिरहाबाट ६ जना, नाराययी अस्पताल विरगन्जबाट रौटहटका २ जना र पर्साका १ जना डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या १ हजार १६७ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा पीसीआर विधिबाट  १ लाख ४९ हजार ७ सय ७२ परीक्षणहरु गरिएका छन् भने २४ घन्टामा ६ हजार ३७ परीक्षण भएका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...