Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

राैतहटका १०२ सहित थप ४५१ जनामा काेराेना, संक्रमितको संख्या ६ हजार नाघ्‍यो

spot_img
spot_img

वीरगंज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ५१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा थप ४ सय ५१ जना संक्रमित थपिएसंगै नेपालमा कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेमा रौटहटका १०२, पर्साका १०, मोरङका २२,  तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका २१ जना छन् ।

यस्तै धनुषाका ४, नुवाकोटका ३, अर्घाखााँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिरहाका ४ जना संक्रमित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...