Date
शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

ठोरीमा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नं. ४ मा छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

११ बर्षीय छोरी बलात्कार गरेको आरोपमा अनुसन्धान गर्न ३५ बर्षे बुवालाई पक्राउ गरिएकाे विजयवस्ती प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुरज आचार्यले वताए ।

गएराती ११ बजे उनलाई इलाका प्रहरी कार्यालय ठोरीमा राखिएको र अब जिल्ला प्रहरी कार्यालय वीरगंज पठाएको उनले बताए ।

पीडित छोरीको उजुरीको आधारमा बुवालाई पक्राउ गरिएको हो । बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि स्थानीयले बुवालार्ई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

बालिकाले घटनाबारे प्रारम्भिक बयानमा आरोप सहि भएको पुष्टि गरेकी र घटना बारेमा स्वास्थ्य परिक्षणबाट थप पुष्टि हुने प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...