Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

जिल्ला प्रशासन कार्यालय पर्सामा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू

spot_img
spot_img

वीरगंज । सरकारले सरकारी कार्यालय खोलेर सार्वजनिक सेवा प्रवाहका लागि निर्देशन जारी गरेपछि जिल्ला प्रशासन कार्यालय पर्साले टोकन प्रणाली लागू गरेको छ ।

जेठ २८ गतेकाे नेपाल सरकार मन्त्रिपरिषदको बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु संचालन गर्ने निर्णय गरेकाे  थियाे ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण नेपालमा पनि डरलाग्दो ढंगले बढीरहेको सन्दर्भमा नेपाल सरकार मन्त्रिपरिषदको जेठ २८ गतेको निर्णय, गृह मन्त्रालयको निर्देशन एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सेवा सञ्चालन सम्बन्धी जेठ ३२ मा जारी प्रोटोकल समेतलाई मध्यनजर राखी कोभिड १९ को संक्रमण नफैलिने गरी सार्वजनकि सेवा प्रवाह गर्नको लागिएकाे पर्साकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।

सेवा प्रवाहको क्रममा भिडभाड हुन नदिन जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवा सम्बन्धमा कोटा समेत निर्धारण गरिएको अधिकारी बस्नेतले जानकारी गराए । नयाँ नागरिकता २० वटा, नागरिकता प्रतिलिपि १० वटा र राहदानी सम्बन्धी १५ वटा काेटा निर्धारण गरिएकाे छ ।

सेवा प्राप्त गर्न भिडभाड नहुने गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कार्यालयमा संचालन हुने हेल्प डेक्समा आई वा फोन नम्बर ०५१–५२२११० मा सम्पर्क गरी वा daoparsa को फेसबुक आइडिमामा आफ्नो व्यक्तिगत विवरण र काम सम्बन्धमा जानकारी गराउनु पर्नेछ । कोटा अनुसार पहिला आउने वा सम्पर्क गर्ने सेवाग्राहीहरुलाई प्राथमिकताको आधारमा टोकन नम्बर दिइने छ र सेवा लिन आउने समय समेत निर्धारण गरी जानकारी गराइने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता समेत रहेका अधिकारीले जनाए ।

सेवा लिन आउँदा अनिवार्य रुपमा सेवाग्राही र कर्मचारी समेतले मास्क लगाएको हुनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व थर्मल गन मार्फत तापक्रम जाँच गराउनुपर्ने, कार्यालय प्रवेश गर्नुपूर्व परिसर बाहिर व्यवस्था गरिएको ठाउँमा साबुन पानीले हात धुनुपर्ने, कम्तिमा २ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने र टोकन नम्बर उपलब्ध गराउँदा निर्धारण गरिएको आफ्नो समयमा आउनुपर्नेछ ।

शान्ति सुरक्षा लगायत अति आवश्यक प्रकृतिको सेवाको लागि भने टोकन आवश्यक पर्ने छैन र जुनसुकै समयमा आउन वा सम्पर्क गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै पर्सा कोरोना भाइरसले धेरै संक्रमति भएको जिल्ला हो र अहिले पनि संक्रमणको उच्च जोखिमै भएकोले संक्रमण फैलन नदिन  रोकथाम तथा नियन्त्रण र व्यस्थापनलाई प्रभावकारी बनाउन अति आवश्यक नपरी सेवा लिन हतार नगर्न र कोभिड १९ को संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन पनि सबैमा अनुरोध गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...