Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विश्व रक्तदाता दिवसको अवसरमा दिपप्रज्वलन

spot_img
spot_img

वीरगंज । विभिन्न समयमा रक्तदान गर्ने रक्तदाता एवं कार्यक्रम आयोजना गर्ने संस्थाहरुको योगदानको कदर स्वरुप मनाउने गर्दै आएको बिश्व रक्तदाता दिवसको अवसरमा आज दिपप्रज्वलन गरि मनाइएको छ ।

विश्व भरी नै महामारीको रुपमा फैलिरहेको कोरोना रोगलाइ ध्यानमा राखी सामाजिक दुरिको पालना एवं माक्सको अनिवार्य प्रयोग गरि आफ्नो र आफ्नो परिवारका समेत ध्यान राख्नको लागि कार्यक्रममा जोड दिइएको छ । विश्व रक्तदाता दिवस ब्लड डोनर्स एसोसिएसन नेपाल, पर्साका सचीव अरबिन्द सिहको अध्यक्षता र नेपाल रेडक्र्स सोसाइटी पर्साला सभापति बिरेन्द्र राज कंडेलको प्रमुख अतिथीत्यमा कार्यक्रम भएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथी सभापति कडेलले रक्त संकलनका लागि उल्लेखनीय भुमिका खेल्दै आएका साथै रेडक्र्सलाइ विभिन्न सेवामुलक कार्यमा समेत समन्वय गरि सहयोग गर्दै रगतको मागलाइ पुर्ती गर्दै आएकोमा एसोसिएसनका सम्पुर्ण निकाय एवं सदस्यहरुमा रेडक्र्स पर्साको तर्फबाट धन्यवाद एवं दिवसको शुभकामना व्यक्त गर्दै दिपप्रजवलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

सोहि कार्यक्रम विशिष्ट अतिथीको रुपमा नेपाल पत्रकार महासघका अध्यक्ष श्याम बन्जाराले यस बन्दाबन्दी एवं कोरोना महामारीको समयमा पनि रगतको कमि हुन नदिएको यस एसोसिएसन र रेडक्र्सको यात्रा निकै स्रहानिय रहेको एवं रेडक्र्सद्वारा संचालित रक्तसञ्चार केन्द्रले निश्पक्ष रहि सबैलाइ एकसमान सेवा पुर्याउदै आएको कुरा समेत निकै उल्लेखनीय रहेकोमा दिवसको अवसरमा सबै सहभागीलाई बधाई व्यक्त गरे ।

अन्तमा कार्यक्रमको समापन गर्दै एसोसिएसनका सचिवले रगतको कमिलाइ पुर्ती गर्ने यात्रामा हामी मात्र होइन रक्तदान गर्ने संस्था र रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्था साथै हातेमालो गर्ने रेडक्र्सको समन्वय बिना केही सम्भव नहुन सकेकोले हामी सबै रगतको यात्रामा निस्पक्ष एवं निस्वार्थ रुपले आउने दिनमा समेत हातेमालो गर्दै बिरामिको जीवन जोगाउनमा साथ साथ हुनेछौ भनी अपेक्षा राख्दै सबैलाई बिश्व रक्तदाता दिवसको शुभकामना ब्यक्त गर्दै कार्यको समापन गरेका थिए ।

घण्टाघरमा भएकाे दिप प्रज्वलन कार्यक्रममा बिमला तिमिल्सिना, प्रभाकर गुप्ता, दिलिप कार्की, उमेश मिश्र, अनिसकान्त कुश्वाहा, कमलेस कुश्वाहा, बिरेन्द्र शाह, देवेस गुप्ता, शिवनाथ यादव, अजय शर्मा, सतिश सिह राज्पुत, आकाश चौहान, शेष हजरा, सिवम केडिया, दिलपाल शाह, सन्तोश रन्जितकार लगायतको सहभागीता रहेको कार्यक्रमकाे संचालन एसोसिएसनका उमेश गुप्ताले गरेका थिए ।

कार्यक्रम भोलेन्टिय समुह बिरगंजका श्याम गुप्ता, पीयूष कादमियाले सहकार्यमा भएकाे आकस्मिक रक्तदाता समुहका सचिव राजन श्रीवास्तवले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...