Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

तिलावे पुल संचालनमा ल्याउन तरुण दलकाे एक हप्ते अल्टीमेटम

spot_img
spot_img

वीरगंज । नेपाल तरुण दल पर्साले तिलावे पुल संचालनकाे माग गर्दै आज पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

तरुण दल पर्साका सचिव बिबेक कुमार चौरसियाद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत पर्साकाे सदरमुकाम वीरगंजसंग जोड्ने हुलकी राजमार्ग रहेको अतिनै सम्बेदनशिल तिलावे नदी पुल बिगत ६ बर्ष देखि पप्पु कन्स्ट्रक्सनले ठेक्का पारी पुल निर्माणमा चरम लापरबाही गरि पुल अलपत्र बनाएको तथा बैकल्पिक बाटो प्रयोग गरि आवतजावत तथा समानहरुको दुवानी गर्न निकै कस्ट्कर भैइ पुल परी पश्चिम तर्फ रहेको सम्पुर्ण उधोगधन्दा तथा जनजीवन नराम्रो संग प्रभावित भएको प्रती नेपाल तरुण दल पर्साको ध्यानाकर्षण भएको जनाएकाे छ ।

पानी पर्दा बैकल्पिक बाटो समेत ठप्प हुने गरेकोले त्यहाँको चालू अवस्थामा पुरानो पुललाई ठेकेदारले ६/७ महिना देखि तिलावे पुलबाट आवतजावत बन्द गरेकोले त्यस ठाउँका स्थानियको जीवन कष्टकर बन्दै गएको छ । केही दिन भित्र बर्षारितु सुरु हुने भएकोले पुलको बैकल्पिक बाटो अचानक गत बर्ष झै खोलाले बगाइ यातायात बन्द हुने अवस्था सृजना भएकोले समय मै पुरानो पुल शिघ्र चाडै सन्चालन गर्न गराउन भनी स्थानीय प्रशासनलाई नेपाल तरुणदल पर्सा ज्ञापन पत्र मार्फ जोडदार माग गरेकाे छ ।

निर्माणधिन पुललाई समय सिमा भित्र निर्माण पूरा गर्न गराउन एक साता भित्र पुरानो पुललाई ब्यवस्थित गरि सन्चालनमा ल्याउन सन्चालनमा नल्याए सास्ती खेपेका त्यस ठाउँका बासिन्दा ब्यापारीहरुले ठूलो नोक्सानी बेहोर्नु पर्ने स्थिति सृजना हुने भएकोले जनताकाे अधिकार तथा आवतजावतको सुबिधालाई मध्यनजर गर्दै नेपाल तरुण दल पर्साले कडा भन्दा कडा संघर्षमा जाने चेतावनी समेत दिएकाे छ ।

तरुण दल पर्साका सचिवकाे चौरसियाकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा तरुण दलका अनिल यादव, फर्णिन्द्र पटेल, मिक सिंह, उपनेश चौरसिया, जङ्ग बहादुर पटेल, बिकाश तिवारी, केसव मिश्रा, साबिर हुसेन लगायतका पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...