Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सरकारले औपचारिक रुपमा सदनमा प्रमाण पेश गर्नु पर्ने सांसद यादवकाे मांग

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ( संघिय सांसद) प्रदिप यादवले आइतबार बसेको संसद्को बैठकमामा बोल्दै अहिले देशमा कोरोना संक्रमितको संख्या ह्वातै बढे पनि देशभर भिटिएम किटको अभावले आवश्यकता अनुसारकाे काेराेना परिक्षण हुन नसकेकाे वताएका छन् ।

उनले भिटिएम मेसिन छ तर भिटिएम किट नभएर काेराेना परिक्षण हुन नसकिरहेको वताएका हुन् । काेराेना परिक्षणकाे लागि भिटिएम किट देश भर अभाव छ, पछिल्लो समय वीरगंजमा कोरोना संक्रमण बढेपनि अहिले भने गाहवामाई र पशुपतिनाथको कृपाले रुकेको छ भन्दै संसदमा उनले भने “सरकारले भिटिएम किट नपठाएकोप्रति आक्रोसित हुँदै, ‘‘ भोली नै जान्छ ५ हजार भिटिएम किट भन्दा भन्दै महिनौ दिन बितिसक्यो सरकार तर पनि स्वास्थय मन्त्रलायले वीरगंजको लागि भिटिएम किट पठाएको छैन् ।”

एउटा सांसदसंग मन्त्रीले यत्रो झुठो किन बोले सभामुख महोदय ? हामी जनताको सुरक्षाको लागी भन्दा पनि स्वास्थय मन्त्री सुतेर बस्नु भएको छ । अहिले आँखा खोल्नुस, कति सुत्नुहुन्छ ? जनता आक्रोसित भएर सडकमा आईसकेका छन् । अहिले पनि सचेत हुनु भएन भने जनतालाई तपाईको मन्त्रालयमा छिर्न बेर लाग्दैन ।’’ उनले सदनमा कुरा राख्दै भने निशान छापसहितको बिध्येक सदनबाट हामी सबै मिलेर पारित गरे पनि नेपाल सरकारले औपचारिक रुपमा सदनमा प्रमाण दिनु पर्ने सांसद यादवले मांग गरेका छन् ।

नेपाल सरकारले लिपुलेक, लिपियाधुरा सम्बन्धी प्रमाण खोज्न एउटा बिज्ञ समिति बनाएकोले यदि हामीसंग प्रमाण छ भने प्रमाण खोजन त्यो बिज्ञ समिति किन बन्यो भन्दै सांसद यादवले प्रश्न गरे । आईतबार प्रतिनिधी सभाको संसदमा बोल्दै सांसद यादवले भने,‘‘बिज्ञ समूहको गठन गर्न जरुरी नै थियो भने सिमामा बस्ने मधेशी, जनताजति, शेर्पा र लिम्बुवानलाई किन राखिएन ? एक जना पनि मधेशी, जनजाति, आदीबासीलाई राखिएको छैन, के बिज्ञ मधेशमा छैन, बिज्ञ जनजाति, लिम्बुवान र शेर्पामा छैनन् भन्दै उनले प्रश्न गरे ।’’

काठमान्डौको बासी मधेशमा आएर सिमा बारे काठमान्डौको चस्माले के हेर्न सक्छ ?, त्यसको लागि सिमा बस्ने मधेशी, जनजाति नै उपयुक्त हुने सांसद यादवको भनाई छ । भारत सरकारले सिमा बिबाद बारे नेपाल सरकारलाई बार्ताको लागि आह्वान गरेको तर नेपाल सरकारले बार्ता गर्न नचाहेको हिन्दुस्तान टाईम्सले सामाचार लेखेको आफूले हिजो पढेको बताउँदै सांसद यादवले भने,‘‘ सत्य के हो ? यदि सत्य हो भने नेपाली जनतालाई किन गुमराह गरियो भन्दै सभामुखलाई उनले प्रश्न समेत गरे ।’’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...