Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सखुवा प्रसाैनीका एक संक्रमितकाे श्रीमती, छाेरा र छाेरीमा पनि काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे थप ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. ५ का १९ बर्षिय पुरुष र ३४ बर्षिय महिला र सखुवा प्रसाैनी गाउँपालिकाकाे ३ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

संक्रमित सबै जनालाई नारायणी अस्थाई काेराेना अस्पताल गण्डककाे आइशाेलेसमा रहेकाे मेसु डा.सिंहले जनाए ।

भारतको तिरुपति बालाजीबाट फर्किएर वीरगन्जको कन्ट्री इन होटलमा क्वारेन्टाइनमा बसेका वीरगन्ज कुम्हाल टोल निवासी एक महिला र पुरुषमा कोरोना संक्रमण देखिएको अस्थाई नारायणी काेराेना अस्पताल गण्डकका संयाेजक डा. उदयनारायण सिंहले बताए ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ गुलरिया निवासी ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जनाए ।

यस अघि गुलरियामा संक्रमण फेला परेका पुरुषकाे श्रीमती, अढाई बर्षिय छाेरी र २० महिनाकाे छाेरामा संक्रमण पुष्टि भएकाे उनले वताए । उनका अनुसार संक्रमित चारै जनासंगै १५ दिन पहिला भारतकाे लाेदियानाबाट आएका थिए ।

जेठ १४ गते क्वारेन्टाइनमा राखिएका ४ जनाकाे प्रथम पटक स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा एक जनाकाे मात्र पाेजेटिभ र बाकी ३ जनाकाे नगेटिभ रिपाेर्ट आएकाे थियाे । तर केही समय पछि बाकी ३ जनाकाे बाेखार आउन थाले पछि नारायणी अस्पताल पठाइएकाे थियाे ।

त्यहीं दाेस्राे पटक गरिएकाे पिसिआर परिक्षणमा रिपाेर्ट पाेजेटिभ आएकाे संयाेजक राैनियारले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...

प्रहरीको नाममा रकम मागेको आरोप, जीतपुरका व्यवसायी असन्तुष्ट

बारा । बाराको जीतपुर बजारमा इलाका प्रहरी कार्यालय (इप्रका) जीतपुरबाट परिचालित रहेको भनिएका सुनिल ठाकुरको गतिविधिलाई लिएर केही व्यवसायीले प्रश्न उठाएका छन्। व्यवसायीहरूले ठाकुरले...

मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै...