Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

२ महिला सहित १ सय २५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । युवा वचन संस्थाले आज वीरगंजमा आयाेजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बिश्व रक्तदान दिवसको अवसरमा आयाेजित कार्यक्रममा २ महिला सहित एक सय २५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

कार्यक्रममा धनेश्वर यादव, बिक्की साह तेलि, सुमेर चौरसिया, कौशल किशोर साह, अमरेश कुमार साह, शेखर अग्रवाल, कन्हैया अग्रवाल, नवनित अग्रवाल, आयुष बन्शल, सज्जन साह, अन्कुश साह, शशि साह, रुपेश कार्की, अनमोल कोईराला, अमन सिंह, गुडु सरार्फ, अरुण यादव, लोकेश कर्ण, अमरनाथ पटेल, बिनोद पटेल, महम्द अब्दुल, विवेक कुमार गुप्ता, उमेश गुप्ता, बिनय जैसवाल, निमेश शर्मा, सन्जय कुमार प्रजापति, सुभाष कुमार प्रजापति, सरोज कुमार प्रजापति, रोशन कर्ण, रोशन गुप्ता, अमय सरार्फ, शिव गुप्ता, अभिजित यादवले रक्तदान गरेकाे प्रमुख पाण्डेले जानकारी गराए ।

संस्थाका अध्यक्ष पियुष कादमियाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले गरेका थिए । कार्यक्रमका प्रमुख आतिथी समेत रहेका नगर प्रमुख सरावगीले शुभकामना मन्तव्य राख्दै आउने दिनमा युवाहरु समाजिक कार्यमा सक्रिय हुनु पर्ने वताए ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त, वीरगंज पब्लिक कालेजका निर्देशक प्रोफेसर डा दिपक शाक्य, युवा नेता ओमप्रकाश सरार्फ, भोलेन्टिर समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, ट्राफिक प्रहरी निरीक्षक कमल राज पन्डित लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...