Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नेवि संघकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, ६ जना पक्राउ

spot_img
spot_img

वीरगंज । नेपाल विद्यार्थी (नेवि) संघले आज वीरगंजमा गरेकाे संघ र प्रदेश सरकार बिरुद्धकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ ।

नेवि संघ पर्साले वीरगंजकाे घण्टाघरमा गरेकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेकाे हाे ।

नेवि संघ पर्साका सभापति विकास तिवारी, उप सभापति शेष हजरा, ठारब इकाइ अध्यक्ष मनाेज कुमार साह, सह सचिव रमेश यादव, पूर्व प्रदेश सदस्य अभय कर्ण, इकाई सदस्य श्याम गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेकाे छ ।

सरकार विरुद्धकाे नेवि संघकाे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही बेर झडप समेत भएकाे थियाे । प्रहरीले बल प्रयाेग गर्दा आफुहरु सहित एक दर्जन साथीहरु घाइते भएकाे प्रहरी नियन्त्रणमा रहेका नेवि संघ पर्साका जिल्ला उप सभापति शेष हजराले वताए ।

उनका अनुसार विदयार्थी नेता मनिष यादव, भाेला पटेल, रन्जीत पटेल लगायत एक दर्जन जति घाइते भएका हुन् ।

प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रदर्शनमा हस्ताक्षेप गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...