Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा मृत्यु भएका एक बालक सहित २ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगन्ज । उपचारको क्रममा शुक्रबार वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना पाेजेटिभ देखिएकाे हाे ।

अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले वताए ।

निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढमा दुईवटा निजी क्लिनिकमा जाँच गराएका थिए ।

उनीहरुले नै दिएको सुझावको आधारमा टेम्पोमा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो । प्रसूति अस्पतालबाट एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजे आकस्मिक कक्षमा ल्याइएका बालकको अवस्था गम्भिर थियो ।

कोरोनाका शंकास्पद विरामी आउन सक्छन् भनेर अस्पतालले भेन्टिलेटर सहित ५ बेडको आइसोलेसन तयारी अवस्थामा राखेको थियो । भेन्टिलेटरमा राख्नु अघि आरडीटी अस्पतालमै उपलब्ध किटबाट आरडीटी परीक्षण गरिएको थियो । त्यसपछि नारायणी अस्पतालको किटबाट समेत परीक्षण गरियो । दुवैमा रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएरै बालकको उपचार गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइसकिएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

यस्तै बुधबार वीरगन्जको घण्टाघर नजिकै बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिसहित २ बालक, २ महिला र एक पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा.सिंहले वताए । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।’ हालसम्म मृतकको पहिचान नखुलेको डा. सिंहले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...