Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संंख्या ५ हजार ६२ पुग्यो

spot_img
spot_img

वीरगंज । नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो हालसम्मकै उच्च संख्या हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।
संक्रमित हुनेमा मोरङका २ पुरुष, झापाका ७ पुरुष, महोत्तरीका १० पुरुष, चितवनका ८ पुरुष, धादिङका २९ पुरुष, सप्तरीका १७, उदयपुरका ३, सिरहाका ११ जना, इलामका १ जना, झापाका ६ जना, सुनसरीका १० जना, पर्वतका १३ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना र तनहुँका १ जना रहेका छन् ।

बर्दियाका १५ जना, बाँके १, नवलपरासी पूर्वका ४ जना, मोरङका १ जना, महोत्तरीका ६ पुरुष, धनुषाका १४ जना, सर्लाहीका ७ जना, कपिलवस्तुका ४ जना, दाङका ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अर्घाखाँचीका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जन, प्युठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका ४ जना, बाराका १ जना, धनुषाका १ जना, नुवाकोटका १ जना, रौटहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५० जना रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...