Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

राईजिङ नेपालकाे स्थापना दिवसकाे अवसरमा ४८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । राईजिङ नेपालले आफ्नाे चौथो स्थापना दिवसको उपलक्ष्यमा शुक्रबार आयाेजित कार्यक्रममा २ महिला सहित ४८ जनालाले रक्तदान गरेका छन् ।

संस्थाका अध्यक्ष अध्यक्ष मन्टु गिरिकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारी बस्नेतले रक्तदाताहरुलाई रक्तदान गर्ने बैग हस्तान्त्रण गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

वीरगंज फुलवारी टाेलस्थित आयाेजक संस्थाकाे कार्यालयमा भएकाे कार्यक्रममा अनु गुप्ता, आशा कुमारी, सुनिल प्रसाद राउत, नाैसाद अन्सारी, रवि बर्णवाल, गाैरीशंकर सिंह, गाैराै बर्मा, सुबाेद पाैडेल, कुन्दन पटेल, धिरज शर्मा, मुन्ना गिरी, रमेश साह, सराेज अन्सारी, राइल खान लगायत ४८ जनाले रक्तदान गरेकाे आयाेज संस्थाले जनाएकाे छ ।

कार्यक्रममा रेडक्र्सका दयाशन्कर सिह, समाजसेवी राजन श्रीवास्तव, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थित रहेको थियो भने प्राबिधिक सहयोग रक्तसञ्चार केन्द्रका जितेन्द्र प्रसाद कुशवाहा र सुजित पटेलको टोलिले गरेको थियाे ।

साे अवसरमा संस्थाका अध्यक्ष गिरीले दुर्व्यसनमा फसेका असाहाय तथा एक्ल व्यक्तिहरुलाई निशुल्क र गरिब तथा निम्न बर्गका प्रभावित व्यक्तिहरुलाई सेवाग्राहीको परिवारलाई आर्थिक भार कम पर्ने गरि संस्थाले उपचार सेवा प्रदान गर्ने घोषणा समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...