Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

अध्यक्षले नै जान भनेपछि धाेबिनीकाे क्वारेन्टाइनबाट ४४ जना भागेका थिए

spot_img
spot_img

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिकाकाे क्वारेन्टाइनबाट भागेका ४४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुन: क्वारेन्टाइनमा राखेकाे छ ।

गाउँपालिकाकाे वडा नं. ४ लंगडीस्थित श्री कालीप्रसाद लाखे माध्यमिक बिधालयकाे क्वारेन्टाइनमा रहेका ४४ जना नै बिहिबार सांझ भागेका थिए । क्वारेन्टाईनबाट भागेका ४४ जना मध्ये २२ जनालाई बिहिबार सांझ नै र बाकी २२ जनालाई शुक्रबार विहान नियन्त्रणमा लिएर पुन: राखि सकिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

भारतको दिल्ली, मुम्बई, लाेदियाना, हरियाना, पंजाब, केरला लगायतको ठाउँबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएकाे थियाे । क्वारेन्टाइनमा बसेकाहरुकाे जेठ २५ गते स्वाब संकलन गरी पिसिआर परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाइएकाे छ । तर स्वाब संकलन गरी परिक्षणकाे लागि पठाइएकाे ४ दिन वितिसक्दा पनि रिपाेर्ट अझै आउन सकेकाे छैन् ।

क्वारेन्टाइन अव्यवस्थित भएका कारण आफुहरु बाध्य भएर भागेकाे क्वारेन्टाइनमा रहेकाहरु वताएका छन् । क्वारेन्टाइनबाट नै  फाेन सम्पर्कमा कालिका टाईम्ससंग कुरा गर्दै एक जना क्वारेन्टाइनमा बस्न ग्राहाे भए पछि आफुहरु भागेकाे वताए ।

उनले भने “आफुहरु क्वारेन्टाइनमा बसेकाे २० दिन भन्दा नै बढी भइसक्याे, आइतबार नै हाम्राे स्वाब संकलन गरिएकाे थियाे तर अझै सम्म रिपाेर्ट पनि आएकाे छैन् । यहाँ कुनै थाेककाे राम्राे व्यवस्था छैन्, मुखिया जी संग गुनासाे गर्दा गई हाल्नुस भने पछि आफुहरु घर गएका थियाैं, अहिले पुन: क्वारेन्टाइनमा आइसकेका छाैं ।”

उनका अनुसार क्वारेन्टाइनमा बसेका सबै जनाकाे लागि बेड पनि छैन् । केहीले बिना झाेलकाे भुई मै सुत्न बाध्य भएका छन् । खानाकाे पनि राम्राे व्यवस्था छैन्  । सबै दिन दाल, भात र आलुकाे भुजिया खान बाध्य छाैं । त्याे पनि राम्राे पाकेकाे हुदैन् ।  सेनिटाइजर छैन्, साबुन छैन् , माक्सकाे कुरै छाडिदिनु ।

यस्तै कहिले काँही नास्तामा भुजा आँडा पाउन्छाै भने कहिले काँही बिस्कुट मै काम चलाउनु पर्ने बाध्यता रहेकाे सरफुदिन अंसारीले वताए ।

क्वारेन्टाइनबाट भागेकाहरु मध्ये केहीकाे पिसिआर रिपाेर्ट पाेजेटिभ आएकाे बुझिएकाे छ । तर हाल सम्म पुष्टि हुन सकेकाे छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...