Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बाटाे निर्माणकाे बिषयमा पकहा मैनपुरमा झडप, १२ घाइते र ३ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज: पर्साको पकाहा मैनपुर गाउँपालिका ४ खेस्राहा गाउँमा सडक निर्माणको विषयमा दुई पक्षबीच विवाद भइ झडप भएको छ।

झडपमा रामरतन साह छठेहरा, रामावत बैठा, सागर बैठा, रामलखन साह छठेहरा, नन्द महतो चाई, भागयनारायण प्रसाद चौहान, प्रबेज चौहान, रामाशंकर चौहान, हरेन्द्रर कुमार साह, हिरा साह लगायत १२ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।

घाइते मध्ये ५ जनाकाे वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा, २ जनाकाे तराई अस्पतामा उपचार भइरहेकाे प्रहरी निरिक्षक सिंहले जानकारी दिए । घाइते २ जनाकाे अवस्था गम्भिर रहेकाे छ ।

प्रहरीले ३ जनालाई पक्राउ समेत गरेकाे छ । भाेला छठेहरा, रामप्रबेश बैठा र हरि चाैहानलाई पक्राउ गरिएकाे सिंहले वताए ।

खेस्राहा गाउँमा रहेको सार्वजनिक बाटो निर्माणको विषयमा केही समयदेखि विवाद थियो। त्यही विवाद सुल्झाउन गाउँमा बिहीबार सर्वपक्षीय बैठक बसेको थियो।

बैठकमै दुई पक्षबीच विवाद भएर कुटाकुट भएको प्रहरीले जनाएकाे छ ।

स्थानियहरुका अनुसार बैठकमा गाउँलेहरुले सहमतीकाे आधारमा बाटाे निर्माण गर्नु पर्ने वताइरहे पनि गाउँपालिका अध्यक्ष बिजय चाैरसियाले २०२१ सालकाे नापीले नै बाटाे निर्माण गर्नु पर्ने अडान राखे पछि साेही बिषयमा दुई पक्ष बिच विवाद हुदा झडप भएकाे थियाे ।

गत बर्ष कै सडक ढलानकाे याेजना विवाद कै कारण हुन सकेकाे थिए भने यस बर्ष पनि सडक निर्माण कै बिषयमा विवाद हुदा झडप समेत हुन पुगेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...