Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महानगरलाई सेवा समिति, महासंघ र बैंकहरुकाे पनि सहयाेग

spot_img
spot_img

वीरगञ्ज । चौरसिया बरई सेवा समिति पर्साले पनि वीरगञ्ज महानगरपालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पर्सा जिल्लामा कोरोना परिक्षणको दायरा फराकिलो पारेर पर्सा जिल्लालाई ग्रिनजोनमा लैजाने उद्देश्यका साथ पिसिआर मेशीन तथा भिटिएम किट खरिदका लागि सहयोग आह्वान गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्वको बोध गर्दै चौरसिया बरई सेवा समिति पर्साका अध्यक्ष रामाकान्त प्रसाद चौरसियाले महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीलाई ५१ हजार ५ सय १ रुपैयाको चेक हस्तान्तरण गरेकाे सचिव साेनालाल चाैरसियाले वताए ।

यस्तै क्यान महासंघ पर्साले पनि वीरगञ्ज महानगरपालिकाको कोभीड कोषमा सहयोग गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावागिद्वारा सञ्चालित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा क्यान महासंघ पर्साले बुधबार ५१ हजार सहयोग गरेको हो ।

नेपालमा कोरोनाभाइरसका संक्रमितहरुको संख्या बढी रहेको बेला महानगरपालिका कार्यालयले परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन, भिटीएम किटलगायत स्वास्थ्य सामग्री खरिद गर्न सुरु गरेको अभियानमा क्यान महासंघ पर्साको टोलीले आफ्नो व्यक्तिगत खर्चबाट जम्मा गरेको रकमबाट सहयोग गरेको हो ।

क्यान महासंघका जिल्ला अध्यक्ष दीपक साहको नेतृत्वमा वीरगञ्ज महानगरपालिका कार्यालय गएको टोलीले महानगरका मेयर विजयकुमार सरावागिलाई भेटेर सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गरेको थियो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले पनि बिरगंज माहानगरपालिकालाई पिसिआर मसिन, भिटिएम कीट लगायतका सामग्री खरिद गर्नकाे लागि रु. एक लाख सहयोग सहयाेग गरेकाे छ ।

महानगरपालिकाकाे कारर्यालयमा पुगी बैंका प्रतिनिधिहरुले नगर प्रमुख  सरावगीलाई सहयाेग रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै माछापुछे बैंकले पनि वीरगंज माहानगरपालिकालाई पिसिआर मसिन, भिटिएम कीट लगायतका सामग्री खरिद गर्नकाे लागि रु.एक लाख सहयाेग गरेकाे हाे ।

सहयाेग रकम बराबरकाे चेक नगरप्रमुख सरावगीलाई बैंकले आज हस्तान्तरण गरेको हाे ।

चेक बुझ्दै नगरप्रमुख सरावगीले अब चाँडै नै पिसिआर मेशिन खरिद गरेर परिक्षणको दायरा फराकिलो बनाउने सबैको सपनाले साकार हुने वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...