Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संघीय सरकार विरुद्ध वीरगंजमा समाजबादी युवा संघको बिरोध प्रदर्शन

spot_img
spot_img

वीरगंज । समाजबादी युवा संघले बुधबार वीरगंजको घन्टाघरमा संघ सरकार विरुद्धमा प्रदर्शन गरेकाे छ ।

राज्यको सम्पूर्ण कामकारवाही चल्या छ तर जनताको चुलो बन्द रहेको अवस्थामा सरकारले जनतासँग असुल्ली गर्ने कर, किसानको व्याज, व्यापारीहरूको व्याज लगायत कुरामा उर्दी जारी गरेको विरुद्धमा पर्साको सदरमुकाम बिरगंजको घन्टाघरमा सांकेतिक बिरोध मार्फत राज्यलाई ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको समाजवादी युवा संघका प्रदेश सदस्य शिव कुमार साहले वताए ।

युवाहरुले लकडाउन अवधि भरको कर, बैंक ब्याज, बिजुली बिल, स्कुल/कलेज शुल्क र घर भाडा माफ गर, निकममा अर्थमन्त्रि राजिनामा दे, प्रदेश नं.२ लाई विशेष आर्थिक पैकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुलभ तरिकाले प्रयाप्त मात्रामा व्यवस्था गर, पिसिआर र आरडिटी प्रयाप्त मात्रामा उपलब्ध गराउ, मा. रेशम चौधरीलाई अबिलम्ब रिहा गर, गरिब, मजदुर, किसान, असहायलाई अबिलम्ब राहतको व्यवस्था गर र बिदेशमा फसेका नेपालीलाई अबिलम्ब ल्याउने व्यवस्था गर लगायतकाे नारा लेखिएकाे प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका हुन् ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं युवा सह-इन्चार्ज फिरोज मन्सुरको नेतृत्वमा भएको बिरोध कार्यक्रममा समाजबादी युवा संघका केन्द्रिय सदस्य अजय यादव, प्रदेश सचिव कसीम अन्सारी, प्रदेस सदस्य शिव कुमार साह, अजय प्रसाद साह, ऋषि साह, युवा नेता अमोद यादव, रामबाबु यादव, दिलिप रौनियार लगायतको युवाहरुको सहभागीता रहेको थियो |

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...