Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

लकडाउनमा पनि कर्पोरेट बैंक जबरजस्ती व्याज र किस्ता असुली गर्दै

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैंकले लकडाउनको बेला सेवाग्राहीहरुबाट जबरजस्ती व्याज तथा किस्ता वापतको रकम असुली गरि रहेको पाइएको छ ।

विभिन्न व्यापार, व्यावसाय संचालन गर्न, गाडी किन्न तथा घर निर्माणका लागि कर्जा लिएका व्यक्तिहरुसँग लकडाउनको बेला पनि बैंकले जबरजस्ती व्याज तथा किस्ता असुली गरि रहेको सेवाग्राहीहरुले वताएका छन् । कोरोना संक्रमणको कारण विश्व आक्रान्त बनि रहेको अवस्थामा बैंकहरुलाई पनि आफ्नो व्यापार संचालन गर्न नै तल्लिन छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि करिब तीन महिनादेखि नेपाल लकडाउन (बन्दाबन्दी) रहेको अवस्थामा सर्वसाधारणको त कुरै छाडौं हुने खानेहरुको पनि ढाँड भाँच्चिएको छ, व्यापारीहरुको व्यापार संचालन नभएर आर्थिक अवस्था नै तहस नहस बनेको छ ।

यस अवस्थामा पनि वीरगन्जका बैंकहरुले सेवाग्राहीहरुसँग किस्ता वापतको रकम असुली गर्न तल्लिन् छन् । लकडाउनका कारण दैनिक जीवन यापन गर्नमा पनि समस्या भईरहेको बेला उक्त बैंकले लकडाउन खुलि सकेको भनेर किस्ता बुझाई दिन दबाब दिदै किस्ता असुली रहेको एक सेवाग्राहीले वताए ।

लकडाउन अवधिभरिको कर तथा बैंक व्याज, किस्ता मिनहा गर्न चौतर्फि माग भइरहेको बेला नेपाल सरकारले यो मागलाई सम्बोधन गर्नुभन्दा पनि बाँकी महिनाको कस्तिा व्याज असुली गरिसक्नुपर्ने दाउमा कर्पोरेट बैंकले काम गरि रहेको अवस्था छ । बैंकका कर्मचारीहरुले सेवाग्राहीहरुलाई दिनहुँ फोन गरेर किस्ता बुझाई दिनु दबाब दिदै आएका छन् ।

वर्तमान अवस्थामा एक दिनको खाना पुगे अर्को दिनको लागि जुटाउन सोच्नुपर्ने अवस्थामा बैंकको किस्ता बुझाउनुपर्ने दबावले गर्दा सेवाग्राहीहरु आर्थिक तनावको साथसाथै मानसिक तनाव पनि खेप्न बाध्य छन् ।

तीन महिनाको लकडाउन अवधिबारे नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्न नसकेको कारण यसको प्रत्यक्ष चपेटामा सर्वसाधारणहरु पिल्सि रहेका छन् ।

विगत चैत, वैशाख दुई महिनासम्म बैंकहरुले किस्ता तथा व्याज बुझाउनेबारे खासै दबाब नदिएपनि नेपाल सरकार आर्थिक मन्त्रालय राजस्व विभागले जेठ २५ गतेसम्म कर विवरण र सम्पूर्ण कर बुझाई सक्नुपर्ने सूचना जारी गरेसँगै बैंकहरुले पनि व्याज तथा किस्ता बुझाउन सेवाग्राहीहरुलाई तनाव दिन थालेका छन् ।

कर बुझाउन सरकारले सूचना जारी गरेसँगै चौतर्फि विरोध हुन थाले पश्चात असार ७ गतेसम्म म्याद थप गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...