Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

भिडभाड देखिएपछि २ दिन देखी खुलेकाे वीरगंज बजार पुन: बन्द

spot_img
spot_img

वीरगञ्ज  । लकडाउनको समयमा आलोपालो बजार खोल्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय पर्साले २ दिन नबित्दै अत्यावश्यकीय सेवा वाहेकका पसल बन्द गराएको छ ।

जोर विजाेर प्रणालीबाट खोल्ने भनिएको वीरगन्ज बजार अर्को सूचना जारी नहुन जेल सम्मको लागि स्थगित गरिएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको २१ गते बसेको वैठकले आवश्यक स्वास्थ्य सम्बन्धि सुरक्षा सतर्कताका साथ जोर बिजोर प्रणालीमा बजार खोल्न दिने निर्णय गरेको थियो । तर २ दिन नबित्दै प्रशासनले सूचना निकालेर लकडाउनमा त्यस्ता व्यवसाय चलाउन रोक लगाएका हुन् । पर्साको वीरगञ्ज बजार शुक्रवारदेखि आलोपालोमा खुलेको थियो ।

कोरोना संक्रमण बढिरहेको र संक्रमणको जोखिम देखिएकाले अत्यावश्यक बस्तु तथा सेवाबाहेकका सम्पूर्ण व्यवसाय स्थल बन्द गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले व्यवसायीहरुलाई बिभिन्न बर्गमा बिभाजन गरी व्यवसाय संचालन गर्न दिने निर्णय गरेको थियो । त्यसको लागि जिल्ला प्रशासन कार्यालयले बार/गते र समय पनि तोकेको थियो । तर २३ गते साँझ बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले व्यवसायी तथा सेवाग्राहीले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड तथा सर्तहरुको पालनाको अवस्था हेर्दा संक्रमण फैलिन सक्ने देखिएको भन्दै तत्कालका लागि यस भन्दा पहिला प्रकाशित गरिएको  निर्णय नं. २ को बुन्दा नम्बर ५ र ६ मा उल्लेख रहेको व्यवसाय बन्द गर्ने निर्णण गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएकोमा पालना नभएपछि बन्द गराउनु परेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

खुलेकाे बजार अनुगमन गर्दा भिडभाड देखिएकाे र व्यवसायीहरुले निर्धारित मापदण्ड पुरा नगरेका कारण संक्रमण फैलन डरले पुन: बजार बन्द गर्नु परेकाे अधिकारी बस्नेतले जानकारी गराए ।

उनले भने “बजारकाे अनुगमन गर्दा व्यवसायीहरुले समेत मास्क प्रयाेग गरेकाे पाइएन, भिडभाड पनि त्यस्तै देखियाे र उद्याेग वाणिज्य संघले स्वीकार गरेकाे शर्तहरु समेत पुरा भएकाे पाइएन । त्यही भएर संक्रमण बढने क्रममा नै रहेकाेले पसल खाेल्न निर्णण कार्यन्वयमा नगर्न सुचना जारी गर्नु परेकाे हाे ।

तोकिएको बाहेकका व्यवसाय संचालन गरेको पाएमा संक्रामक राेग एन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेकाे सुचनामा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...