Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

बेलवा, लालपर्सास्थित भेडहा नदी नियन्त्रणको लागी विशेष बजेट मांग

spot_img
spot_img

वीरगंज । पर्साको बेलवा, लालपर्सास्थित भेडहा नदी नियन्त्रणको लागी विशेष बजेट छुट्याउन सांसद यादवले मांग गरेका छन् ।

मन्त्रलायको विनियोजन विध्येकको बारेमा आईतबार संसदमा भएको छलफलमा बोल्दै सांसद यादवले पर्साको भेडहा नदीको बाढिले प्रत्येक वर्ष वीरगंज महानगरपालिका अन्तर्गत पर्ने बेलवा, इसलामपुर, लालपर्सा, परसोतीपुर लगायतका गाउँसहित खेती योग्य जमिन नष्ट हुँदै जनधनको ठुलो क्षति हुने गरे पनि सरकारले नदी नियन्त्रणको लागि बजेट नपठाएको आक्रोस पोखे ।

गत वर्ष राष्ट्रिय सभाका अध्यक्षसहित विकास सभाका सभपति पनि बेलवा गाउँमा स्वम आफै पुगी निरिक्षण गरेर नदी नियन्त्रण गर्न आवश्यक बजेटको लागि ऊर्जा तथा सिचाई मन्त्रीलाई प्रतिवेदन दिए पनि मन्त्रीले त्यो प्रतिवेदन नै कता राखेर बजेट नदिएको भन्दै मन्त्री पुनलाई सांसद यादवले गम्भिर ध्यानाकर्षण गराएका हुन ।

ऊर्जा, सिचाई तथा जल स्रोत मन्त्रीले आफ्नो अधिकांश बजेट नेपाल कम्युुनिष्ट पार्टीबाट निर्वाचित जनप्रतिनीधीहरुको क्षेत्रमा मात्रै पठाउने गरेको समाजवादी पार्टीका प्रभावशाली युवा नेता समेत रहेका सांसद प्रदीप यादवको आरोप छ । मन्त्रलायको बार्षिक कार्यक्रम अन्गर्गत तत्कालिन माओवादी र नेकपाका निर्वाचित जनप्रतिनीहरु भएको पालिकामा मात्रै कार्याकर्तालाई पाल्ने गरि बढि बजेट पठाएको सांसद यादवले आरोप लगाए ।

पर्सामा नेकपाबाट निर्वाचित दुई गाउँपालिकामा मात्रै डिप टयुबेल तथा पम्प सेट कार्यक्रम पठाएकोप्रति आपती जनाएउँदै उनले भने, ‘‘१४ वटा पालिका रहेको जिल्लामा जम्मा दुई पालिकामा पठाए पनि जहाँ डिप टयुबुलको आवश्यकता छ त्यहाँ स्यालो टयुबेल पठाउनु भएको र जाहाँ स्यालोको आवश्यकता छ त्यहाँ डिप टयुबेल पठाएका छन् ।’’

पर्सामा अधिकांश खेती योग्य गाउँहरु वीरगंज महानगरपालिकामा गासिएको भएपनि त्यहाँ एउटा पनि स्यालो टयुबेल र डिप टयुबेलको योजना नल्याएकोप्रति सांसद यादवले आपती जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...