Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मेयर सरावगीका छाेरा केशवले पनि गरे वीरगंज महानगरलाई सहयाेग

spot_img
spot_img

वीरगंज । वीरगंज माहनगरपालिकाका मेयर बिजय कुमार सरावगीका छोरा केशव सरावगीले पनि वीरगंज माहानगरलाई सहयाेग गरेका छन् ।

मेयर सरावगीले कोरोना उपचारका लागि आह्वान गरेको कोषमा उनकै छोराले आइतवार एक महीनाको तलब सहयोग गरेका हुन्

वीरगंजमा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि सहयोग पुर्‍याउन सरावगीले नगरवासीलाई आह्वान गरेका थिए ।

काेराेना विरुद्धकाे लडाईमा महानगरलाई पिसिआर मेसिन, भिटिएम किट लगायतका सामग्री खरिद गर्न मेयर सरावगीका छाेरा केशवले आफ्नो एक महिनाको तलब नगद रु.५१ हजार सहयाेग गरेकाे महानगरकाे कार्यालयले जनाएकाे छ ।  केेशवले महानगरपालिकाकाे कार्यालय मै पुगी मेयर सरावगीलाई आज नगद सहयाेग रकम हस्तान्त्रण गरेका हुन् ।

यस्तै आजै नेपाल भ्यालुभर्स एशोशिएसन वीरगंज च्यापटरले महानगरलाई सहयाेग गरेकाे छ । बिश्वब्यापी कोरोना महामारी विरुद्धको अभियानमा पर्साबासीको लागि पि.सि.आर. मेसिन र टेस्ट कीट खरिदकाे लागि महानगरलाई रु ४५ हजार सहयाेग गरेका मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।

सहयाेग रकम बराबरकाे चेक भ्यालुभर्स एहशाेसियसनका प्रतिनिधि महानगरपालिकाकाे कार्यालयमा पुगी मेयर सरावगीलाई हस्तान्तरण गरेकाे हाे ।

महानगरले वीरगञ्जमा कोरोना परीक्षण, क्वारेन्टाइन र अस्पताल व्यवस्थापनका लागि स्रोत अभाव भएको भन्दै सयोगको आह्वान गरेको छ ।

महानगरको आह्वानमा कोरोना कोषमा हालसम्म रू.६० लाख ५५ हजार रकम जम्मा भएको महाननगरले बताएको छ । महानगनरले दाताहरूको सहयोगमा पीसीआर जाँच उपकरण खरीदको प्रक्रिया अघि बढाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...