Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पिसीआर मेशिन किन्ने महनगरको निर्णयको नागरिक समाजद्वारा स्वागत

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले पिसीआर मेशिन र किट खरिदका लागि अगाडि बढाएको प्रक्रियालाई नागरिक समाजले स्वागत गर्दै त्यसको छिटो भन्दा छिटो स्थापित गरेर काम सूचारु गर्न सुझाव समेत दिएको छ ।

नागरिक समाजका अध्यक्ष डा.दीपक शाक्यको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमणलाई रोक्नकालागि धेरै  भन्दा धेरै परिक्षण गरिनु पर्ने भएकोले पनि अब महानगरको प्रयासलाई टुङ्गोमा पुर्याउनु पर्ने निष्कर्षमा नागरिक समाज पुगेको हो ।

महानगरको यो अभियान पर्साका नागरिकको जीवन रक्षाको बिषयसंग सम्बन्धीत भएकोले यो बेलामा सबैको एकिकृत प्रयास आवश्यक रहेको ठहर गर्दै नागरिक समाजले समाजका बिभिन्न सरोकार राख्ने समुहलाई यो अभियानमा सहयोग पुर्याउन समेत अपिल गरेको छ ।

नागरिक समाजले एक मतका साथ पिसीआर मेशिन र किटको खरिद गरि द्रुत गतीमा कोरोना भाइरसको संक्रमण परिक्षण गरि औैधोगिक नगरि बीरगंज र समग्र पर्सा जिल्लालाई ग्रिन जोनमा लैजान सबैलाई सहकार्यकालागि अपिल गरेको डा. शाक्यले बताउनु भयो ।

नागरिक समाजको बैठकले राजनीतिक दलहरु, राजनीतिक क्षेत्रमा रहेका ब्यक्ति र जनप्रतिनिधिहरुलाई आ आफना राजनीतिक मुद्धालाई थाँती राखेर मानव सभ्यातामाथि नै चुनौती बनेको कोरोना भाइरसको नियन्त्रणमा भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

बिभिन्न समस्याहरु झेल्दै  अप्ठयारोहरु पार गर्दै बीरगंज महानगर कोरोना भाइरसको संक्रमण नियन्त्रणकोलागि ठिक दिशामा अगाढि बढेको नागरिक समाजले निष्कर्ष निकालेको छ ।

समाजले अहिले नागरिकको जीवनको सुरक्षाको सवाल पहिलो प्रथामिकता भएको निष्कर्ष निकाल्दै यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्ने निर्णय समेत गरेकाे छ  ।

बैठकमा बीरगंज उधोग बाणिज्य संघ, नेपाल बार एशोसिएशन, नेपाल रेडक्रस सोसाइटी, बैकर्स एशोसिएन, समाजिक संस्था जिल्ला समन्वय समिति लगायतका संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...