Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कर मिनाहाकाे माग गर्दै जनता समाजवादीद्वारा वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगञ्ज । लकडाउनका कारण घरमा थुनिएर बस्नु परेका नागरिकले अहिलेको अवस्थामा कर तिर्न नसक्ने भन्दै सम्पूर्ण कर मिनाहा गर्न जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिले माग गरेको छ ।

कर मिनाहा गर्नु पर्ने माग गर्दै समितिका अध्यक्ष लियाकत अलिको नेतृत्वमा वीरगञ्जमा शुक्रबार बिरोध प्रदर्शन भएको छ । वीरगञ्जको विर्ताबाट सुरु भएको विरोध र्‍याली घण्टाघर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाईँदैन, विशुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाउँदै वीरगञ्ज परिक्रमा गरेका थिए । लकडाउनका कारण नागरिक अहिले घरभित्रै थुनिएको र अहिले आम्दानीको माध्यम पनि नभएकाले सबै खाले शुल्क मिनाहा गर्नु पर्ने उनीहरुको माग छ ।

कोणसभामा बोल्दै समितिका अध्यक्ष अलिले सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रिने चेतावनी समेत दिए ।

र्‍यालीपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् ।

र्‍यालीमा जनता समाजवादी पार्टीका उपाध्यक्ष मदन गुप्ता, वडा नम्वर ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, उमेश सहनी, बिष्णु पटेल ,सलाउदिन मंसुरी अफराेज आलम, राजु गुप्ता ,सगिर अलि, अंकित गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...