Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पीसीआर मेशिन खरिदका लागि महानगरद्वारा टेण्डर आह्वान

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण मेशिन (पीसीआर) खरिदका लागि टेण्डर आह्वान गरेको छ । मेशिन खरिदका लागि टेण्डर आह्वान गरेसँगै कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि वीरगन्ज महानरगपालिकाको अभियान सफल हुदै गएको छ ।

महानगरपालिका प्रमुख विजय कुमार सरावगीले वीरगन्जलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्न खेल्नुभएको सक्रिय भूमिकाले अन्तत सार्थकता पाउने भएको हो । वीरगन्जमा कोरोना संक्रमितहरु बढ्दै जानेक्रम र भारतबाट नेपालीहरु वीरगन्ज नाकाबाट आउने क्रमपनि शुरुभएपछि निकै जोखिममा रहेको वीरगन्ज महानगरपालिकावासीलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न अधिक परीक्षण आवश्यक रहेको र त्यसको लागि पीसीआर मेशिन खरिद गर्ने अभियान नै शुरु गरेको थियो ।

यो अभियानमा नीजिक्षेत्र, विभिन्न संघ संस्थान र नागरिक समाजको पनि साथ पाएको महानगरपालिकाले बिहीबार बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । महानगरपालिकाले पीसीआर मेशिन खरिद गर्नका लागि इच्छुक व्यक्ति वा संस्थाहरुलाई पाँचदिन भित्र बोलबत्र खरिद गर्न समय तोकेको छ ।

नगरप्रमुख विजय कुमार सरावगीले भन्नुभयो, “सबैको साथ र सहयोगले मेशिन खरिदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेका छौं । अब आफ्नै मेशिन आउने भएपछि पर्साका सबैको यहि पीसीआर मेशिनले कोरोना परीक्षण गरिनेछ ।” परीक्षण हुन नपाउँदा वीरगन्जमा कोरोनाको जोखिम बढेको भन्दै शुरुवाती दिनदेखि नै नगरप्रमुख सरावगीले पाँच हजार जनाको परीक्षण गर्नुपर्ने बताउदै आउनुभएको थियो ।

अब मेशिन आएपछि सबैले परीक्षण गर्न पाउने उहाँले बताउनुभयो । यसले कोरोना भाईरसबाट वीरगन्जलाई मात्रै होईन पर्सा जिल्लालाई नै सुरक्षित गर्न सकिने उहाँले बताउनुभयो ।

पीसीआर मेशिन खरिदका लागि महानगरपालिकाले गरेको निर्णयको नागरिक समाजले पनि स्वागत गरेको छ । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले महानगरपालिकाले गरेको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमितहरु बढ्दै गएकोले पीसीआर मेशिन आवश्यक नै थियो ।

संक्रमणको तेश्रो चरणमा प्रवेश गरिसकेकोले अब सामूहिक परीक्षणको आवश्यकता भईसक्यो । नारायणी अस्पतालमा राखिएको पीसीआर मेशिनको क्षमताले मात्रै पुग्दैन । महानगरपालिकाले आफ्नै परीक्षण मेशिन राख्नु हाम्रो लागि राम्रो हो ।

महानगरपालिकाले दूरगामी सोच राखेर मेशिन खरिद गर्न खोजेको स्वागत योग्य छ । यसलाई हामीले सकारात्मक रुपमा नै लिनुपर्छ ।”

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ताले पनि महानगरपालिकाको निर्णय प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरगन्ज हटस्पट नै बन्यो । हामीले संघ र प्रदेश सरकारलाई तीब्र गतिमा स्वाब टेष्ट हुनुपर्छ भनेर आग्रह गयौं दुबै सरकारले आश्वासन मात्रै दिए ।

मुख्यमन्त्री आफैले पाँच हजार किट पठाउछु भनेर जानुभएको अहिले सम्म किट आएन । पर्सा जिल्ला आर्थिक गतिविधिका हिसाबले सबैभन्दा सक्रिया जिल्ला हो । यसलाई ग्रिनजोनमा लानका लागि धेरै भन्दा धेरै परीक्षणको आवश्यक थियो । संघ र प्रदेश सरकारसँग पर्सालाई ग्रिनजोनमा लैजानको लागि टेष्ट बढाउन गुहार लगायौं ।

त्यो गुहार नसुनिएको पृष्ठभूमिका महानगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई ग्रीनजोन बनाउने अभियानको नेतृत्व लिनुभयो । यहिनेर पर्सावासीमा एउटा आशाको सञ्चार प्रवाह भयो । जुन पर्सावासीका लागि निकै महत्वपूर्ण कदम हो ।

नागरिकको जीवनरक्षालाई पहिलो प्रथामिकतामा राख्ने जनताको सच्चा प्रतिनिधि भएर उहाँले अगाडि आउनुभयो । उहाँलाई पर्साको निजीक्षेत्रले उत्सापूर्ण रुपमा सघाउने फैसला गयो । आज १० हजार भन्दा बढीको परीक्षण आवश्यक । त्यसको लागि मेशिन आवश्यक छ । मेशिन खरिदका लागि निजीक्षेत्र, स्थानीय पालिकाहरु र नागरिकले आप्mनो क्षमता अनुसार सहयोग गरे । त्यसको फलस्वरुप आज पीसीआर मेशिन खरिद गर्ने प्रकृयासम्म पुगेको छ । महानगरको यो काम प्रशंसनीय छ ।”

पीसीआर मेशिन खरिदका लागि नगर प्रुख सरावगीको अभियानलाई कतिपय खिसीटिउरी गरेका थिए । नागरिकको जीवनका लागि महानगर प्रमुख विजय कुमार सरवागीको अर्जुनदृष्टिका कारण पीसीआर मेशिन आउने पक्का भएको छ । खिसीटिउरी गर्नेहरु नगर प्रमुख सरावगीको आलोचना कसरी गर्ने भन्ने विषयको खोजीमा समय खर्चिनमा व्यस्त छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...