Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पाेखरिया बजार खाेलन पनि समय तालिका निर्धारण

spot_img
spot_img

पाेखरिया । पाेखरिया नगरपालिकाकाे नगर स्तरिय विपद् व्यवस्थापना समितिकाे बैठक आज सम्पन्न भएकाे छ । बैठकले पाेखरिया बजारमा रहेकाे पसलहरु खाेलने समय तालिका निर्धारण गरेकाे छ ।

निर्धारित समय तालिका अनुसार समाजिक दुरी कायम राखि पसल खाेलने निर्णय भएकाे पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियारले जानकारी दिए ।

उनका अनुसार खाद्य बस्तु , किराना, आलु, प्याज, दुध, ग्यास, तरकारी तथा फलफुल हरेक दिन विहान ५ बजे देखी ९ बजे सम्म, रेडिमेड कपडा पसल, कसमेटिक पसल, इलेकट्रिक पसल जाेड मितिमा र हार्डवेयर, साइकल, माेटर वर्कसप, भाडा बर्तन, सुन, चांदी, फर्निचर  बिजाेर मितिमा विहान ११ बजे देखी ४ बजे सम्म खाेलने बैठकले निर्णय गरेकाे छ ।

मेयर राैनियारले बजार व्यवस्थापन सम्बन्धमा एक सुचना जारी गर्दै यस्तै कृषी तथा निर्माण सामग्री प्रत्येक दिन बेलुका ७ बजे देखी ११ बजे सम्म संचालन गर्न दिने निर्णय भएकाे जानकारी गराएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...