Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

प्रदेश २ को प्रदेश सभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

spot_img
spot_img

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिएका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखापरेको छ ।

प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । उनीहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । प्रदेश २ को प्रदेशसभाले उनीहरु मर्यादापालक भएको बताएको छ ।

प्रजिअ निरौलाले संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए ।

प्रदेश सभाको चौथो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गरिएको थियो । त्यस क्रममा प्रदेशसभा उनीहरुको ‍स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको प्रदेश सभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार अब शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ । सभार : अनलाइन खबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...