Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २६३४ पुग्याे

spot_img
spot_img

वीरगंज । नेपालमा बिहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएकाे परिक्षणमा पछिल्लो २४ घण्टामा यी संक्रमित थप भएका हुन्। मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने नेपालमा कोरोना संक्रमणले थप एक जनाकाे मृत्यु भइसकेको छ। याेसंगै काेराेनाले मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...