Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

प्रहरीको मिलोमतोमा लकडाउनमा पनि जानकीटोला नाकाबाट तस्करी

spot_img
spot_img

वीरगंज । कोरोना संक्रमणको संकटबाट बच्न आम सर्वसाधारण सरकारी लक डाउनको पालना गरी रहेको बेला ईलाका प्रहरी कार्यालय जानकी टोला अवैध ओसार पोसार गराउनमा ब्यस्त देखिएको छ ।

उक्त प्रहरी कार्यालयका इन्चार्ज प्र.स.नी. अर्जुन अधिकारीले नाका छेउछाउ रहेका रक्सी भठ्ठीका संचालकहरुसंग आफ्नो घुमुवा मार्फत हप्तवारी असुल्दै आएको स्रोतले जनाएको छ । प्रहरीलाई हप्तवारी रकम दिएको भनी ती रक्सी भठीका सञ्चालकहरुले निर्बाध रूपले सीमावर्ती भारतका विभिन्न शहरहरूमा लक डाउनका सुरुवाती अवधि देखि नै रक्सी पैठारी गर्दै आएको समेत बताइएको छ ।

साथै सो चौकीका इन्चार्ज अधिकारीको निर्देशनमा घुमुवाको रूपमा परिचालित प्र.ह. गंगा राईले आफ्नो उपनाम विशाल बताउदै विभिन्न तस्करहरुको दैलो चाहरदै तस्करी गर्न उस्काई रहेको समेत नाम उल्लेख नगर्ने सर्तमा सोही कार्यालयका एक प्रहरी जवानले बताए ।

निजले बताए अनुसार केही तस्करहरुले लक डाउन अवधि भरी नै निर्बाध रूपले तस्करी गर्दै पनि आएका छन । जस वापत इन्चार्ज अधिकारी स्वयमले मासिक रकम बुझ्ने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपालगन्ज कांग्रेस नगर सभापतिमा विनोद रिजालको सशक्त दाबी

नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका नगर सभापति पदका लागि युवा नेता विनोद रिजालले सशक्त दाबी प्रस्तुत गरेका छन् । लामो राजनीतिक...

लोककल्याणकारी विज्ञापनकाे रकम कटौतीप्रति सत्तारुढ सांसद पन्तको आपत्ति

वीरगंज । प्रतिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पर्सा...

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...