Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कालिकामाईकाे ४, सखुवा प्रसाैनीकाे २ र बिन्दवासिनीकाे एक जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे ४ जनामा काेराेना संक्रमण पुष्टि छ । हरिहरपुस्थित श्री नेरा आधारभुत विद्यालयकाे क्वारेन्टाइनमा रहेका ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र चाैरसियाले जनाए ।

उनका अनुसार गाउँपालिकाकाे वडा नं. १ टिनडाेबियाका ३० बर्षिय पुरुष,  वडा नं. २ भेडिहारीका ४५ बर्षिय पुरुष, गदियानीका ३५ बर्षिय पुरुष र वडा नं. ५ बिरन्चिबर्वाका १६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएकाे  हाे ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पिसिआर परिक्षणमा चारै जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेकाे छ ।

संक्रमण फेला परेका चारै जनालाई ८ दिन पहिला भारतबाट आए लगतै क्वारेन्टाइनमा राखिएकाे थियाे ।

यस्तै बुधबार नै सखुवा प्रसाैनी गाउँपालिकाकाे २ जना र बिन्दवासिनी गाउँपालिकाकाे एक जनामा पनि काेराेना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...