Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

समाजवादी एकाइ समितीकाे आयोजनामा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगञ्ज । समाजवादी पार्टि एकाइ समिती वडा नं १० आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लकडाउनमा रक्तकाे अभाव भएका कारण कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

वीरगञ्ज महानगर कार्यपालिका सदस्य सुशिल साह कानुले रक्तदान गरि शुभारम्भ गरेको रक्तदानमा ४ महिला सहित ६६ जनाले रक्तदान गरेका छन् ।

समाजवादी पार्टि वडा नं १० का एकाइ अध्यक्ष जोगिन्द्र प्रसाद कानुको सभापतित्व र समाजवादी पार्टिका जिल्ला अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला सचिव तबरेज अहमद, वरिष्ठ नेता सुन्दर कुर्मी, महानगर कमिटिका अध्यक्ष इश्वर यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य निखील बरनवाल, जिल्ला अध्यक्ष एजाज बाबु रांकी, पार्टिका नेता घनश्याम यादव, लखन कानु, सन्तोष महराठा लगयातको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले रक्तको अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गर्नु निकै सराहनीय कार्य भएको बताएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...