Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

जोर-बिजोर प्रणालीमा पसल खोल्न जिप्रका पर्साकाे आवहान

spot_img
spot_img

वीरगञ्ज । पर्सामा शुुक्रबारदेखि जोर/बिजोर प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न पाउने भएको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोर/बिजोर प्रणाली (गते) अनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बुधबार बसेकाे जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए ।

यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने बस्नेतले बताए ।

यता नेपाल राष्ट्रिय व्यवसायी महासंघले भोलिदेखि लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष नरेश कटुवालले भोलि (जेठ २२) देखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय भएको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...