Date
शनि, साउन ९, २०८३
Sat, July 25, 2026

कपडा खाेलेर रहवरले भने “यही बेचेर कर लेऊ सरकार”

spot_img
spot_img

वीरगञ्ज ।  वीरगञ्जमा सत्तारुढ दल निकटका नगर अध्यक्षकाे नेतृत्वमा युवाहरुले अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेकाे छन् । नेकपाका वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा युवाहरुले वीरगंजकाे घण्टाघरमा पानी परेकाे बेला पनि भिज्दै कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् ।

घण्टाघरमा युवा नेता अन्सारीसहित भेला भएका युवाहरुले जनता भाेका छन्, चुल्लाे निभेकाे छ, अर्थमन्त्री मुर्दावाद, कर तिर्न सक्दैनाै, बैंक ब्याज मिन्हा गर, सम्पूर्ण कर मिन्हा गर, व्यापारी मार्न पाईदैन, गरिब मजदुरलाई समुचित राहत, डुबन्ते अर्थमन्त्री चाहिदैन र माफ गर्नु हाेला तपाईले सम्पर्क गर्नु भएकाे अर्थमन्त्रीकाे बुद्धि स्विच अफ गरिएकाे छ लेखिएकाे नारा सहित प्रदर्शन गरे ।

बिराेध प्रदर्शनकाे क्रममा अध्यक्ष अन्सारीले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए ।

उनले माननीय अर्थ मन्त्रीज्यु अब नेपाली जनता कर तिर्ने स्थितीमा रहेनन, मृत शरीरबाट बास्ना आउन सक्दैन भन्दै शरिरमा रगत को कमि भएको समय जबर्जस्ती रक्तदान गराउनु अमानवीय भएकाे वताए ।

युवा नेता अन्सारीसहितले आफ्नाे बस्त्र प्रदर्शन स्थल मै छाेडदै वस्त्र बेचेर जे आउँछ अहिलेको लागि त्यसैलाई कर भनेर स्विकार्नु होला, दिनलाई केही छैन अब जनतासंग समेत भन्दै विराेध गरेका थिए ।

अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गते भित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।

यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ ।

सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्बत्र यसको विरोध सुरु भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम...

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् । वीरगंज...

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ । मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी...