Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका ७ सहित २ सय १ जना काेराेना संक्रमित थपिए

spot_img
spot_img

वीरगंज । नेपालमा  कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । याेसंगै संक्रमितकाे संख्या २ हजार ३ सय पुगेकाे मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाए ।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना, ताप्लेजुङका ३, पाँचथरका १, पर्साका ७, दैलेखका १, सल्यानका ३, मोरंङ र झापाका २/२, तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रुपन्देहीका २६, महोत्तरीका ९, दैलेखका ६, कालिकोटका ७, दाङका ८, प्युठानका २, धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८, रौटहटका ११, रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

यस्तै हालसम्म निको भएर घर फर्केनहरुको संख्या २ सय ७८ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट हालसम्म ८० हजार २ सय ६७ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, रअर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाका एक गरी ९ जनाको मृत्यु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...