Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई हजार नाघ्यो

spot_img
spot_img

वीरगंज । नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले मंगलबार जनाएको हो । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९९ पुगेको जनाए ।

काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पाइएको छ। यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ५ र पर्वत फलेबास क्वारेन्टाइनका रहेका ५ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्तपालको प्रयोगशालामा बर्दियाका ३ र बाँकेका १७ जनामा कोरोना संक्रमण देखिएको छ।

सुर्खेतको प्रयोगशालमा सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १० जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बाराका एक जनामा समेत कोरोना देखिएको छ।

दाङको राप्ती स्वसाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ र प्युठानका १ जनामा कोरोना भाइरस देखिएको छ भने सेती अस्पातलमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरूमध्ये धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका १, र धादिङ घर भई काठमाडौंमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण भेटिएको छ।

सोही प्रयोगशालमा कपिलवस्तुका १६, काठमाठौंका ४ स्वास्थ्यकर्मी, नवलपरासीका २ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण देखिएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसकेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...