Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी अस्पतालमा डायलिसिस सेवा सुरु

spot_img
spot_img

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा आइतबारदेखि डायलिसिस सेवा सुरु भएको छ । अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बन्द रहेकाे डायलिसिस सेवा सुरु भएकाे जानकारी दिए ।

चैत २९ गते वीरगन्जमा पहिलो पटक कोरोनाका ३ संक्रमित फेला परेपछि संघीय सरकारले नारायणी अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरेको थियो ।

चैत ३० गते नारायणी अस्पतालमा कोरोनाका ३ संक्रमित भर्ना गरेर अन्य सबै उपचार र सेवा बन्द गरिएको थियो । नारायणी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गरेर अन्य सबै उपचार सेवा बन्द हुँदा त्यसको चर्को विरोध हुँदै आएको थियो ।

तर, अस्पतालमा भर्ना गरिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर गएपछि अस्पतालमा आइतबारदेखि फेरी उपचार सेवा सुरु गरिएको हो।  नारायणी अस्पतालमा भर्ना भएका संक्रमित क्रमश निको भइ घर फर्किएपछि जेठ १२ गते देखि खाली भएको थियो ।

त्यसयता फेला परेका संक्रमितलाई भने गण्डक हस्पिटलमा संचालित अस्थायी कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।  आइतबारदेखि नारायणी अस्पतालमा डायलासिस र आकस्मिक उपचार सेवा सुचारु गरिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

उपाध्यायले प्रेस विज्ञप्ती मार्फत नारायणी अस्पताल कोभिड -१९ अस्पतालबाट साधारण अस्पतालमा परिणत भएको मुलुककै पहिलो अस्पताल रहेको वताएका छन् । कोरोना संक्रमित सबैलाई निको बनाएर घर पठाएपछि जेठ १२ गते खाली भएको नारायणी अस्पतालमा सरसफाइ र निसंक्रमण गरेर आइतबारदेखि साधरण अस्पतालमा परिणत गरिएको उनले बताए ।

जारी बिज्ञप्तीमा आइतबारदेखि डायलासिस र आकस्मिक उपचार कक्ष मात्रै संचालनमा आएकाे र ‘बहिरंग (ओपिडी ) सेवा पनि चांडै नै संचालनमा ल्याइने उल्लेख गरिएकाे छ ।

ओपीडीमा खटिने चिकित्सकको पीसीआर जाँचको रिपोर्ट आइ नसकेले रिपोर्ट राम्रो आए लगत्तै ओपीडी सेवा पनि सुचारु हुने अस्पतालका डा. उदय नारायण सिंहले वताए । अन्तरङग सेवा संचालनमा भने अझ केही दिन लाग्ने उनले जानकारी दिए ।

कोरोना संक्रमितलाई अन्तरङग विभागकै वार्डमा राखेर उपचार गरिएको थियो, उनले भने, ‘वार्डको बेड, भीत्ता, भुइ , झ्याल ढोका सबैको स्याम्पल पीसीआर जाँचका लागि प्रयोगशालामा पठाएका छौं , त्यसको रिपोर्ट आउन अझ केही समय लाग्छ ।’

चैत ३० मा सरकारले कोभिड- १९ अस्पताल बनाएपछि नारायणी अस्पतालमा बन्द गरिएको साधरण उपचार सेवा सुचारुको माग गर्दै वीरगन्जका राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिक समाजले निरन्तरत प्रदर्शन गर्दै आएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...