Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कोरोनाले थप २ जनाकाे मृत्यु भएकाे पुष्टि, मृत्यु हुनेकाे संख्या ८ पुग्याे

spot_img
spot_img

वीरगंज । कोरोनाले नेपालमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस मिटमा बोल्दै प्रवक्ता डा विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको जनाए । उनको आइतबार बिहान मृत्यु भएको थियो ।

त्यसैगरी, शनिबार दुल्लु नगरपालिका ११ दैलेखका का ३५ वर्ष पुरुषको कोरानाले मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।

बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो । यो सँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक गरी ८ जनाको मृत्यु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज–२६ को अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै स्थानीयले आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...