Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

अडियाे पक्रण : मेयर सरावगीलाई बदनाम गर्न खाेजिएपनि समर्थन पाउदै

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र पाेखरिया नगरपालिकाका मेयर दिपनारायण राैनियार बिच भएकाे फाेन सम्बादकाे अडियाे भाइरल भएसंगै समाजिक संजालमा चर्चा पाएकाे छ ।

समाजिक संजाल फेसबुकमा धेरैले मेयर सरावगीकाे समर्थन गरेका छन् भने केहीले बिराेध समेत गरेका छन् ।

मेयर सरावगीले पोखरियाका मेयर रौनियारलाई शुक्रबार पोखरियामा भेटिएका सङ्क्रमितहरुको उपचार आफ्नै नगरपालिकामा रहेको पोखरिया अस्पतालस्थित आइसोलेसनामा गर्न अनुरोध गरेको फोन सम्बादको अडियो भाइरल भएको छ । मेयर सरावगीले वीरगञ्ज महानगरपालिकासँग भएको साधन र स्रोत सिमित रहेकोले पोखरिया अस्पताल मै निर्माण गरिएको ८ सैयाको आइसोलेसनमा पोखरियामा भेटिएका सङ्क्रमितहरुलाई राखेर उपचार गर्न अनुरोध गरेका थिए ।

सम्बादमा मेयर सरावगीले पोखरिया नगरपालिका मेयर रौनियारलाई भनेका छन्, ‘वीरगञ्जमा विगत ६०/६५ दिन देखि प्रदेश भरीका कोरोना सङ्क्रमितहरुको उपचार हुँदै छ, हाम्रो साधन र स्रोत सिमित छन्, कति दिन सम्म हामीले सबैको जिम्मा लिने? अब तपाईहरुले आफ्नो स्थानीय तहमा भेटिएका सङ्क्रमितहरुको व्यस्थापन आफै गर्नु पर्यो । व्यस्थापन गर्न सक्नु हुन् भने सहकार्य गर्नुस ।’

फोन सम्बादमा सरावगीले सङ्घ र प्रदेश सरकारको सहयोग बिना महानगरपालिका कार्यालयले प्रत्येक दिन क्वारेन्टाइनमा रहेका व्यक्ति, कोरोना सङ्क्रमितहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापनमा लाखौँ रकम खर्च गरिरहन परेको भनेका छन् । ‘सङ्घ र प्रदेश सरकारको सहयोग बिना नै हामीले प्रत्येक दिन लाखौं रकम खर्च गरेर व्यस्थापन गर्दै छौँ, अब तपाईंहरुले पनि सहयोग गर्नु पर्यो नभए हामी धन्न सक्दैनौ ।’

मेयर सरावगीले रौनियारलाई गण्डक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितहरुलाई शनिबारसम्म पोखरिया मै रहेको आइसोलेसनमा लैजान आग्रह गरेका छन् । उनले स्थानीय तहहरुले सहकार्य नगेर आफुले अब वीरगञ्ज बाहेकका सङ्क्रमितहरुको उपचार गर्न नसक्ने प्रष्ट पारेका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले राजीनितिक षड्यन्त्र गरेर आफुलाई बद्नाम गराउन खोजिएको आरोप लगाएका छन् ।

‘मैले केहि समय अगाडी सञ्चार माध्यमहरु मार्फत पोखरियामा ८ सैयाको आइसोलेसन निर्माण भएको खबर प्राप्त गरेको थिए, सरावगीले भने, ‘त्यसैलाई आधार मानेर मैले मन्टु जीसँग पोखरियामा बिहीबार भेटिएका सङ्क्रमितहरुको उपचार त्यही गर्न अनुरोध गरेको हो, अब यो कुराको अडियोलाई भाइरल बनाई बङ्ग्याएर मेरो विरुद्ध षड्यन्त्र गरिँदै छ ।’

मेयर सरावगीले पर्साका अन्य स्थानीय तहहरुसँग समेत कोरोनाभाइरस रोकथाम र सङ्क्रमितहरुको उपचारका लागि सहकार्य गर्न आग्रह गरेको बताए । उनले केहि स्थानीय तहहरु राजि समेत भएको दावी गरे ।

यस बिषमा कुरा गर्न पाेखरिया नगरपालिकाका मेयर राैनियारसंग फाेनमा सम्पर्क गर्दा माेबाइल अफ भएका कारण सम्पर्क हुन सकेेन ।

पछि पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनसंग सम्पर्क गर्दा यस बिषयमा नगरपालिकामा चर्चा नभएकाे वताइन ।

उनले भनिन “मैले पनि महानगरपालिकाले सहयाेग मागेकाे बारे अनाैपचारिक रुपमा बाहिरबाट थाह पाएकाे छु, तर हाम्राे नगरपालिकामा औपचारिक रुपमा केही छलफल भएकाे छैन् । नगरपालिकाकाे बाेर्ड बैठकमा यस बिषयमा औपचारिक रुपमा छलफल भएकाे भए, केही न केही अवश्य नै समाधान निस्कन थियाैं ।”

संघ र प्रदेश सरकारले वीरगंज महानगरलाई सहयाेग नगरेकाे खण्डमा अन्य गाउँपालिका र नगरपालिकाकाे समेत वीरगंजस्थित नै आइशाेलेसनमा उपचार भइरहेकाे अवस्थामा मानवताकाे नाताले पनि सहयाेग गर्नु कुरा जायज भएकाे उनले प्रतिक्रिया दिइन ।

दुई मेयर बिच भएकाे फाेन सम्वादकाे अडियाे सार्बजनिक हुनु कुरा दु:खद भएकाे समेत उनले वताइन ।

याे कुराले शुक्रबार दिनभर समाजिक संजालमा पनि खुब चर्चा पायाे । धेरै जसाेले मेयर सरावगीले भनेकाे कुरा सही भएकाे भन्दै आफ्नाे फेसबुकमा स्टेटस लेख्दै समर्थन समेत गरेका छन् भने केहीले याे गलत भएकाे भन्दै आलाेचना समेत गरेका छन् ।

केहीले दुई मेयर बिचकाे फाेन सम्वादकाे अडियाे सार्बजनिक हुनुलाई राजनिति पनि भनेका छन् ।

समाजिक संजालमा फेसबुकमा भेटिएका केही प्रतिक्रियाहरु 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...