Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

पाेखरिया नगरपालिकाकाे ४ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगञ्ज । पर्साकाे पाेखरिया नगरपालिकाका ४ जनामा पनि कोरोना संक्रमण फेला परेकाे छ । पोखरीया नगरपालिकास्थित श्री रामदेव साह कलवार माविकाे क्वारेन्टिनमा रहेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी काेराेना बिशेष अस्पताल गण्डकका संयाेजक डा. उद्य नारायण सिंहले जानकारी दिए ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पिसिआर परिक्षणकाे रिपाेर्ट पोखरीया नगरपालिकाकाे ४ जनाकाे पाेजेटिभ आएकाे संयाेजक डा. सिंहले वताए ।

पाेखरिया नगरपालिकाकी उप प्रमुख सलमा खातुनले पनि नगरपालिकाकाे ४ जनामा संक्रमण फेला परेकाे वताइन । पाेखरिया नगरपालिकाकाे वडा नं. ६ श्रीसियाका एक जनामा र वडा नं. ९ शिव बर्वाका ३ जनामा संक्रमण देखिएकाे उनले वताइन ।

संक्रमण फेला परेकाहरु ३६, ४२, २१, ३९ बर्षिय पुरुषहरु रहेकाे खातुनले वताइन । याेसंगै पर्सामा संक्रमितकाे संख्या ९९ पुगेकाे छ ।

संक्रमण फेला परेका चारै जना एक हप्ता पहिला भारतबाट आएका थिए । संक्रमण फेला परेका मध्ये ३ जना जेठ ७ गते र एक जना जेठ ८ गते भारतबाट आएकाे व्यक्ति रहेकाे नगर प्रमुख दिपनारायण राैनियारले वताए । उनका अनुसार चारै जनालाई भारतबाट आए लगतै क्वारेन्टाइनमा राखिएकाे थियाे ।

जेठ १३ गते नगरपालिकाकाे क्वारेन्टिनमा रहेका १४ जनाको पिसिआर बिधिबाट काेराेना परिक्षणकाे लागि स्वाबको नमुना संकलन गरिएकाे थियाे । पाेखरिया अस्पतालकाे ल्याब टेक्निसियनहरुकाे टाेलीले नमुना संकलन गरि परिक्षणकाे लागि नारायणीस्थित ल्याबमा पठाइएको थियो । जसमध्ये ४ जनाको रिपाेर्ट पोजेटिभ देखिएको पाेखरिया अस्पतालका मेसु डा. अनिल यादवले वताए।

संक्रमण फेला परेका चारै जनालाई काेराेना बिशेष अस्पताल गण्डकमा ल्याइएकाे छ । यससँगै गण्डककाे आइशाेलेसमा उपचाररत काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...