Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मानवसेवा आश्रम वीरगंज चौथो बर्षमा प्रवेश

spot_img
spot_img

वीरगंज । मानवसेवा आश्रम प्रदेश नं. २, वीरगञ्ज शाखा तेश्रो वर्ष पुरा गरी आजदेखी चौथो वर्षमा प्रवेश गरेको छ ।

वि.सं. २०८२ साल भन्दा अगाडी देशलाई सडकआश्रित मानवमुक्त बनाउने अभिप्रायले वि.सं २०७४ ज्येष्ठ १५ गतदेखी औपचारीक रुपमा उद्घाटन गरिएको मानवसेवा आश्रम बीरगञ्ज शाखा आजदेखी चौथो वर्षमा प्रवेश गरेको हाे ।

मानवसेवा आश्रमले बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा कमजोर व्यक्तिहरुको हेरचाह र रेखदेख गर्दै सहारा बन्दै आएको छ । निस्वार्थ भावनाका साथ सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारीक पुर्नमिलन गराउने सामाजिक संस्थाको रुपमा स्थापना गरिएका मानवसेवा आश्रमका सातै प्रदेशमा १४ जिल्ला र १९ वटा सेवा केन्द्रहरु रहेका छन् । तिमध्ये प्रदेश न. २ को शाखा वीरगञ्ज रहेको छ ।

विभिन्न सामाजिक अभियानता, स्वयमसेवक, देश तथा विदेशमा रहेका शुभेच्छुक, संघ संस्था, व्यक्तिका साथै विभिन्न निकायहरुबाट प्राप्त हुने सहयोगको भरमै मानवसेवा आश्रम वीरगञ्ज शाखाले १६ महिने बालक सहित ३१ जना आमा बुबाको पालनपोषण गर्दै आएको आश्रमका प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिनुभयो ।

३ वर्ष सम्मको यात्रामा विभिन्न उतारचढाव तथा बाधा अड्चनहरुको सम्पुर्ण शुभचिन्तकको साथ र समर्थनका कारण सामना गर्दै चौथो वर्षमा प्रवेश गर्न सफल भएको र आगामा दिनमा पनि सहयोगी हातहरु अँझै बढ्दै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
सम्पुर्ण समाजसेवी तथा शुभचिन्तकको सहयोग र आश्रममा आश्रित आमाबुबाको आशिर्वादका कारण थप हौसला र प्रेरणा प्राप्त हुने आश्रमका स्वयमसेवकहरु बताउँछन् ।

हाल सम्मको अवधिमा आश्रमले ८ जना भारत, ६ जना नेपाल र १ जना बंगलादेश सहित १५ जनाको पुर्नमिलन गराएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...