Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गणतन्त्र दिवसको अवसरमा पाेखरियामा रक्तदान

spot_img
spot_img

वीरगंज । नेपालको १३ औं गणतन्त्र दिवसको अवसर आज पाेखरियामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

पोखरिया नगरपालिका कार्यालय, रेडक्रस सोसाइटी पोखिरीय उपशाखा, ईलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प र पोखरिया अस्पतालको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

रेडक्रस पोखरिया उपशाखाका सभापति भगवान प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रम पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कँडेललाई रक्तदान गर्ने ब्याग हस्तान्त्रन गरी उद्घाटन गरेका थिए ।

कोरोना महामारी रोग बढदै गएकोले रक्तदान कार्यक्रममा कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयाेजना गर्ने आयाेजक र रक्तदाताहरुलाई नेपाल रेडक्रस सोेसाइटी पर्सा शाखाका सभापति कँडेलले धन्यवाद व्यक्त समेत गरे ।

कार्यक्रममा रेडक्रस पर्सा मन्त्री शैलेन्द्र कुमार चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, हृदय नारायण कुर्मी, धर्मेन्द्र चौरसिया, बृजेश तिवारी, राजु रौनियार, सुदिप कुर्मी लगायतले रक्तदान गरेकाे रेडक्रसका राजन श्रीवास्तवले वताए ।

रक्तदान कार्यक्रममा पुर्व सभासद रामेश्वर प्रसाद रौनियार, प्रधुमन चाैहान, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र प्रहरी निरिक्षक हरी सिंह विष्ट, पोखरिया अस्पतालका मेसु अनिल कुमार यादव लगायतकाकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन रेडक्रस पाेखरिया उप शाखाका कोषाध्यक्ष विनोद गिरीले गरेका थिए ।

रक्त संचार केन्द्रका धिरेन्द्र झा नेतृत्वकाे टाेलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...